मेरो मूल विषय त संगीत नै हो । तर लेखनमा पनि उत्तिकै चाख छ । विगतमा सङ्गीतबाट फुर्सद लिँदै पत्रकारिता गर्ने जमर्को पनि भयो । तर भनिन्छ नि ! दुई नाउमा खुट्टा राखेर नदी पार गर्नु जोखिम हो । त्यही जोखिममा पर्न नचाहेर पत्रकारिता छोडियो । तर त्यसको धङधगेले अझै छोडेको रहेनछ । पत्रकारिताको उही धङधगे मेट्न सिलोट सुरु भएको हो । यसमा सङ्गीत र साहित्यका कामलाग्दा, स्वच्छ र सार्थक कुराहरू समावेस गर्ने प्रयत्न हुनेछ । गम्भीर चिन्तन र सहज लेखनलाई सिलोट सधैँ सम्मान गर्ने छ ।

आभास

mail@aavaas.net