ag2

संगीतकार, गीतकार तथा गायक- अम्बर गुरुङ

म बाहुन हुँ कि म छेत्री
या कुनै एक मतवाली
मेरो जात नसोध मलाई
म त मात्र खाली नेपाली

मञ्जुर छ गरीब म हुँला
भूल-चुक भएको होला
तर कसले नकार्न सक्छ
म विशाल मनको नेपाली

तिमी देश प्रवास जहाँ छौ
मेरो अन्तर मनमा छँदै छौ
कल्ले रोक्ला भेट्न तिमीलाई
मेरो मनको पासपोर्ट नेपाली

म गीत पनि गाउने नेपाली
प्रीत झन् लाउने नेपाली
हुन्छ काली भए पनि गोरी
तर हुनु पर्छ नेपाली