पाब्लो नेरुदा
स्त्री देह, श्वेत पर्वत, सुकिला जाँघ
तिमी दुरुस्त भूगोल जस्ती, समर्पणमा लम्पसार
मेरो रुखो किसान देह घुस्रन्छ तिमीमा
र धरतीको गहिराईबाटै मार्छ एक वंशवृक्षी छलाङ्
एक्लो थिएँ म एउटा सुरुङ झैँ, चराहरू उड्थे मभित्र
र रात डुबाउथ्यो मलाई उसको विजयोन्मुख आक्रमणले
आफूलाई जोगाउन मैले, तिमीलाई अर्जापेँ हतियार झैँ
मानौं तीर मेरो धनुषको, मट्याङ्ग्रो मेरो गुलेलीको
तर प्रतिशोधको समय स्खलित हुन्छ जब, म तिमीलाई प्रेम गर्छु
लेउयुक्त चिप्लो हरियो छालाको, खँदिलो बेचैन अंग दुहुन्छु म
अहो ! ती गोलाकार बक्ष, अहो ! ती टोलायमान नयन
अहो ! ती यौवनका गुलाब, अहो ! सुस्त र उदास आवाज
देह ! मेरी प्रिया ! म तिम्रो सुन्दरतामा हुनेछु निरन्तर उपस्थित
मेरो तिर्खा, मेरो अनन्त इच्छा, मेरो क्रमभंग राजमार्ग
अँध्यारो नदी-किनार, जहाँ बहन्छ अनन्त तिर्खा
र बहन्छ थकान, अनि अन्नत पीडा ।
अनुवाद: आभास (हिन्दी र अँग्रेजी दुबैको अल्पज्ञानलाई मिसाएर)

अति यथार्थपरक र कालजयी कविताहरु ! तपाईंको लेखनी गजब जमेको छ ! अरु पनि उल्था गर्दै गर्नु !धन्यवाद !
वाह !!! कविताहोस् यस्तो ।
तर प्रतिशोधको समय स्खलित हुन्छ जब, म तिमीलाई प्रेम गर्छु
लेउयुक्त चिप्लो हरियो छालाको, खँदिलो बेचैन अंग दुहुन्छु म
अहो ! ती गोलाकार बक्ष, अहो ! ती टोलायमान नयन
अहो ! ती यौवनका गुलाब, अहो ! सुस्त र उदास आवाज
माथिको पदांश सार्है मन पर्यो मलाई ।
mahan!
I like that poem .sundar chhan ani prakriti jastai .
kati sundar pankti haru!