• संम्बन्धित पृष्ठ/Links

  • विधा/Categories

  • मेटा/Meta

  • अभिलेखालय/Archives

  • SHOW / HIDE NAVIGATION

    HAPPY NEW YEAR

    Notation by Aavaas

    रातो र चन्द्रसुर्जे, जङ्गी निसान हाम्रो
    जिउँदो रगतसरि यो, बल्दो यो सान हाम्रो

    हिमालझैँ अटल यो, झुकेन यो कहिल्यै
    लत्रेन यो कहिल्यै, जङ्गी निसान हाम्रो
    यो जन्मँदै जगत्मा कैयौँ प्रहार आए
    साम्राज्य दुई हारे, हारेन सान हाम्रो

    जबसम्म चन्द्रसुर्जे आकाशमा रहन्छन्
    तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो
    गाईसरि छन् साधु जोजो यहाँ जगत्मा
    सबको सरन बलियो, जङ्गी निसान हाम्रो

    चिहानको गीत

    यो सुनसान चिहानको गीत
    ऊ, जो मर्‍यो
    झुक्दै नझुकी मर्‍यो
    धर्तीको तारा झर्‍यो
    उसकै चिहानको गीत
    यो सुनसान चिहानको गीत
     
    फर्कि हेर चिहानमाथि
    फूलहरू फुलेका छन्
    सुनी हेर चिहान छेउमा
    गीतहरू गुञ्जेका छन्
     
    गुञ्जिरहेछन् गीत
    धर्तीका अमर प्रीत
    यो सुनसान चिहानको गीत ।
    ०४३, पुस ५
    काठमाण्डौ
    साभार: भूगोलमाथि उभिएको जैतुन (पृष्ठ, ३८; कविता सङ्ग्रह)

    नेपाली समय-Nepal Time

      प्रचार प्रसार

      Advert

      Advert

      Advert

      Advert

      Advert