• हरि अधिकारी
    hari_a

    कवि हरि अधिकारी

 

 

 

 

 

 

गाइने दाइ; गाइने दाइ
तर्केर न जाउन मलाई छोडेर
आँखाको पानीलाई टक्कै रोकेर

तल छ खोला
प्यास लाग्यो होला
फुटेछ सारंगी
छुटे छ संगी
गोधूली- बेला
डिँगाको ताँती
अस्ताए देउता
सुस्ताउँनु जाती

उकालो अर्मला
तेर्पिलो भलाम
फुटेछ कुर्कुच्चा
छ छैन मलम
कालीको बगर
सेतीको डहर
बिर्सियो बाटो
ठाउँ न ठहर

dilbd

दिल बहादुर गन्धर्व

तिमी नि एक्लै
म पनि एक्लै
जानु छ टाढा
रात भयो गाढा
बिसाउ पोको
पुर्याउंन धोको
खाली छ मन
रन्केको तन

हर्पनको दुवाली
बेगनासको बल्छी
मायाको बाटोमा
म भएँ अल्छी

मनको मझेरी
छ खाली खाली
बिर्सेछौ बाटो
तिमीले यसपाली

गाइने दाइ; गाइने दाइ
तर्केर न जाउन मलाई छोडेर
आँखाको पानीलाई टक्कै रोकेर ।