• संम्बन्धित पृष्ठ/Links

  • विधा/Categories

  • मेटा/Meta

  • अभिलेखालय/Archives

  • SHOW / HIDE NAVIGATION

    म माटो मुनिको बीउ

    भरखरै एउटा कोमल हातबाट रोपिएको छु

    खुला आकाश र उज्यालोसित बिछोडिएको छु

     

    सिर्जना गर्न अँध्यारो पनि पिउनु पर्दोरहेछ

    म अहिले

    धरतीभित्रै

    अँध्यारो पिएर बाँचेको छु

    यतिबेला

    आफ्नो भन्नु-

    आफैँभित्रको पीडा छ

     

    मलाई थाहा छ

    यही पीडाले

    मलाई उमार्न सक्छ

    यो पनि थाहा छ

    यही पीडाले

    मैलाई मार्न सक्छ !

    शहरमा रात

    कुकुरको एकनासे भुकाइ
    प्वाल पारिरहेछ; मथिङ्गल

    किथ्राको किरकिर
    झमझमाइरहेछ; रक्सीको नशा झैँ

    विजुलीको तारमा बसेर
    खुर्पे जून चपाइरहेछ; लाटोकोसेरो

    म अँध्यारोले
    लथपथ भिजेको छु
    मेरा सबै छिमेकी
    निथ्रुक्क छन् अँध्यारोले !

    रूखको घोषणा

    चिलाउनेको रूखले घोषणा गर्‍यो
    अब सबै रूख चिलाउने बन्नु पर्छ
    र फैलाउनु पर्छ आफ्नो अस्तित्व
    अर्थात्
    हामी सबै चिलाउने बन्नु पर्छ

    श्रीखण्डको रूखले इन्कार गर्‍यो
    र भन्यो-
    कृपया !
    म त आफू
    काटिएर पनि
    ताछिएर पनि
    चन्दन बन्नु पर्छ
    मान्छेको निधारमा दलिनु पर्छ
    शीतलता प्रदान गर्नु पर्छ मैले

    म चिलाउने बन्ने छैन
    म चिलाउने बन्ने छैन ।

    नेपाली समय-Nepal Time

      प्रचार प्रसार

      Advert

      Advert

      Advert

      Advert

      Advert