• संम्बन्धित पृष्ठ/Links

  • विधा/Categories

  • मेटा/Meta

  • अभिलेखालय/Archives

  • SHOW / HIDE NAVIGATION

    AS TIME PASSED

    (PALAA PALAA)

    AS TIME PASSED

    As time passed the leaves of life kept falling
    Night fell upon the threshold of evening time

    Forgetting who I was I wandered amid strangers
    I rose many a morning and many a dusk I set
    I began to thirst and hunger for my own dreams
    Your memory haunted me when flowers bloomed

    At times I trembled with the strings of the guitar
    At times I dropped like a mirror and shattered into pieces
    I began to be betrayed by my own grief
    My courtyard felt alien without you

    Lyrics and Composition: Aavaas
    Translation by Manjushree Thapa

    पला-पला

    पला-पला जिन्दगीको पात खस्दै गयो
    *गोधूलिको *संघारमा रात खस्दै गयो

    आफैँलाई बिर्सँदै म पराई माझ पुगेँ
    धेरै बिहान झुल्किएँ म धेरै साँझ डुबेँ
    मलाई आफ्नै सपनीको प्यास लाग्दै गयो
    फूल फुल्दा तिम्रो मात्र याद जाग्दै गयो

    कहिले बजेँ तारसँगै आफैँ थर्किएर
    कहिले खसेँ ऐना जस्तै फुटेँ चर्किएर
    मलाई आफ्नै वेदनाको आघात लाग्दै गयो
    तिमी विना आफ्नै आँगन *प्रवास लाग्दै गयो

    (यो गीत सुन्ने केही मित्रको शब्द-अर्थ खुलोस् भन्ने अनुरोधलाई पालन गरेको हुँ)

    गीत र म्युजिक-भिडियो- www.aavaas.net/music.html मा उपलब्ध छ.

    * साँझमा गाईको बथान हिंड्दा उडेको धूलो मिसिएको वतावरण 

    * घरको दैलो र आँगनको बीचको भाग

    * जन्मस्थानबाट परको विरानो ठाउँ

    music-news

    Impressive performance by Anju Devi in Paleti 

    (Silot) April 26, 2009, Kathmandu,   
    Anju Devi in Paleti concert

    Anju Devi in Paleti-concert

    A well known Nepali singer from Assam, Anju Devi presented an impressive and power packed performance in Paleti at nepa~laya’s ‘r’-sala on the evening of Friday, April 24.

    The evening started with a melodious chanting of Kavi Shiromani Lekh Nath Poudyal’s “Kaalo Mandakini Ko Jal Kalo.” Most of the songs penned by veteran Hari Bhakta Katuwal and compositions by stalwarts like Ambar Gurung, Bhupen Hajarika, Shanti Thatal and Narayan Gopal created a magical ambience.
    Read More

    सङ्गीत समाचार

    अप्रिलको पलेँटीमा अखमिया सङ्गीतको सुगन्ध

     (सिलोट) बैशाख ७, २०५६, काठमाण्डौं

    अभ्यासमा अञ्जुदेवी

    अभ्यासमा अञ्जुदेवी

    हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको आर शालामा हुने पलेंटी श्रृँखला अन्तर्गत अप्रिल महीनाको कार्यक्रममा गाउनका लागि आसाम, गुवाहटीबाट लोकप्रिय नेपाली गायिका अञ्जुदेवी काठमाण्डौ आइपुगेकी छिन् ।
    Read More

    firefly_in_the_dark

    चित्र: मोहन खड्का

    अँध्यारोमा जुन्किरीको साथ प्यारो लाग्यो
    शिखर भने अझै टाढा यात्रा प्यारो लाग्यो

    बाटोभरि कति भेटेँ यात्री सहयात्री
    कति छुटे फेदीमा नै कति चढे माथि
    नरोकिएँ दु:खमा म नरोकिएँ पीरमा
    कहिले पुगेँ देउरालीमा कहिले पुगेँ भीरमा

    फेरि पनि झेल्नु पर्ला कैयौं बाधा अड्चन्
    म त यात्री फुकाउँदै जान्छु सबै बन्धन
    तिम्रो पनि शिखर चढ्ने मन भए आऊ
    जहाँसम्म मन मिल्छ हामी संगै जाऊँ

    FIREFLY IN THE DARK
    (A’n'dhyaaromaa Junkiri)

    A firefly in the dark
    What a delightful companion
    On long journey
    When the summit is far far away

    Several I had
    Companions and fellow travelers
    Left some behind in the valley
    Climbed up the hill with the others
    Neither could sorrow stop me, nor would woe
    Reach I will sometimes the resting place
    On the way up and on the way down

    Confront I will many hazards and obstacles
    A traveler, I will go on unraveling all,
    if your heart is on reaching the peak
    Join me along, we be fellow travelers
    As long as we so desire.

    Translation by Kalpana Ghimire
    Image by Mohan Khadka

    सिलोटका पाठक र शुभचिन्तक लगायत सबैको मंगल होस् !

    सिलोटका पाठक र शुभचिन्तक लगायत सबैको मंगल होस् !

    आँसुले यो मन

    आँसुले यो मन बहकिन्छ मातले पनि बहकिन्छ
    रोकूँ भन्छु पीरहरू जलेर मन पग्लिदिन्छ

    मायाको कुनै भर हुन्न कहाँकहाँ अल्झिदिन्छ
    घाउ त बरु निको हुन्छ माया फेरि बल्झिदिन्छ
    तलाउमा जून चहकिँदा मुहार उही झल्किदिन्छ
    रोकूँ भन्छु पीरहरू जलेर मन पग्लिदिन्छ

    फेवा र रुपा बेग्ला बेग्लै तरङ्ग उही फैलिदिन्छ
    आँखा हो यो मनको ऐना पोल सबै खोलिदिन्छ
    हत्केलाले घाम कसो’री छेकूँ चर्चा फेरि चलिदिन्छ
    रोकूँ भन्छु पीरहरू जलेर मन पग्लिदिन्छ

    (AANSULE YO MANN)

    MY HEART GOES ASTRAY

    My heart goes astray at tears, it goes astray at spirits
    I try stopping my worries but my heart melts and blazes

    There is no counting on love, it gets entangled everywhere
    Wounds eventually heal but love keeps flaring up again
    A certain face appears when the moon glimmers on the lake
    I try stopping my worries but my heart melts and blazes

    Fewa and Rupa stand apart, yet the same waves ripple on their surface
    The eyes mirror the heart, they reveal all that one tries to hide
    How could I block the sun with my hands: Rumors will spread
    I try stopping my worries but my heart melts and blazes

    Lyrics and Composition: Aavaas (album:Palaa Palaa)
    Translation by Manjushree Thapa

    गायनमा मस्त कलाचन्द

    गायनमा मस्त कलाचन्द

    छक्छक् छक्छक् । एकनासको आवाज । बम्हपुत्र-मेल हुँइकिँदै हुन्छ पूर्वोत्तर भारततिर । रेलको यस्तो एकनासे आवाजमा पुस्तक पढ्न खुब रमाइलो मान्छु । हातमा छ ‘गांधीजी और उनके शिष्य’ । सामुन्नेमा एउटी युवती छे । अलि काली । तर हिस्सी परेकी । उसित एउटा युवक पनि छ । त्यो काली उही युवकसित गफिँदै हुन्छे । उसैतिर आँखा तन्काउँदै भन्छे- ‘किताबको वास्ना आयो । तपाईँले चाल पाउनु भयो ?’ युवक भने किताबको वास्नामाभन्दा युवतीकै वास्नामा आकर्षित छ झैँ देखिन्छ । त्यो कालीको किताबी वास्ना चालपाउने घ्राणशक्ति । सुन्दै रमाइलो पो लाग्छ । सायद पढैया छ कि ?’ पुस्तकबाट आँखा हटाउँदै तिनीहरु भएतिर हेर्छु । युवक किताबको वास्नाको प्रसंगबाट कालीलाई विकर्षण गराउन चाहन्छ सायद । वास्नादार किताब जो छ त्यो त, म अपरिचत पुरुषको हातमा न छ ! ठिटीको प्रश्नको प्रतिकृया बेगर नै गाउँन थाल्छ युवक-

    दर्दे दिल दर्दे जिगर दिलको जगाया आपने

    काली पनि स्वरमा स्वर मिलाउँदै गाउन थाल्छे । मेरा आँखा पुस्तकमा र कान भने तिनका गतिविधीमा अल्झिएका हुन्छन् । देवेन्द्रसित यसभन्दा पहिले पनि रेल यात्रा गरेको हुँ । पढ्नमै व्यस्त देखिन्थ्यो उसबेला। यसपाली भने पढ्नमा अलि उदासीन छ । यत्तिकैमा एउटा वृद्ध भित्रन्छ डिब्बामा । मुहारभरि झप्प दाह्री भएको । उ हाम्रो गाउँमा आउने लाल बहादुर गन्धर्व जस्तै आकृतिको । फरक यति । लाल दाइको हातमा सारङ्गी हुन्थ्यो । वृद्धको हातमा सरोद छ । लालदाइ जदौ मालिक ! भन्थ्यो । यो वृद्ध चाहिँ भनिरहेछ- ‘छ कोही गुनी जन ? जसलाई संगीतमा रुची होस् । बाउल-गान या रवीन्द्र-गान । बंगाली-गान या अँग्रेजी-गान । छ कोही सुन्ने ?  म सुनाउन तयार छु ।’
    Read More

    नेपाली समय-Nepal Time

      प्रचार प्रसार

      Advert

      Advert

      Advert

      Advert

      Advert