• संम्बन्धित पृष्ठ/Links

  • विधा/Categories

  • मेटा/Meta

  • अभिलेखालय/Archives

  • SHOW / HIDE NAVIGATION

    मनको सारा अँध्यारोलाई कुचो लगाई बढारूँला
    साथ पाऊँ विन्ती हजूर जुनी सँगै गुजारूँला

    फूल टिपी माला गाँसे दुई दिनमै ओइली जाला
    चोखो प्रितलाई देउता भाके सस्तो चर्चा फैली जाला
    औंसीको यो मध्य रातमा रुपको झूटो गाथा किन
    तिम्रो उचाई मानेँ हजूर अर्को सगरमाथा किन

    पारी बनमा आगो लाग्दा दुखी हुन्छ मेरो मन
    मनकै तापले जली जाउँला दुखाउँछ्यौ किन झन्
    अब पार पाइँदैन माया बन्धन बुझेकै हो
    खेपेकै हो शिरको घाम बर्खायाम रूझेकै हो

     THE DARKNESS OF THE HEART: A SONG

    We’ll sweep away all the darkness of our hearts
    Keep me company beloved let’s spend a lifetime together

    Should I string a garland of flowers it will wilt in two days
    Should I offer my pure love to God I will cheapen my words
    Why tell false tales of form in the middle of this new moon’s night
    I accept your height beloved why erect another Sagarmatha

    We’ll sweep away all the darkness of our hearts
    Keep me company beloved let’s spend a lifetime together

    My mind hurts when the forest on the far side catches fire
    Why hurt me more, I’ll burn away with the heat of my heart
    There is no escaping now you’ve understood the bonds of love
    You’ve suffered relentless sun you’ve gotten drenched in the rain

    We’ll sweep away all the darkness of our hearts
    Keep me company beloved let’s spend a lifetime together

    Translation by Manjushree Thapa

    सङ्गीत समाचार

    पलेँटीमा योगेश वैद्य

    आँखैमा रात गली: पलेँटीको अभ्यास

    आँखैमा रात गली: पलेँटीको अभ्यास

    चैत्र ६, (सिलोट) नेपा~लयको ‘आर’शालामा आयोजना हुँदै आएको पलेंटी साङ्गीतिक श्रृँखलामा आगामी मार्च २७ को साँझ वरिष्ठ गायक योगेश वैद्य उपस्थित हुने भएका छन्। सानैदेखि गायनमा रुचि भएका कारण योगेश वैद्यले पण्डित नरराज ढकालसंग शास्त्रीय ज्ञान हासिल गरेपछि उनको सक्रिय गायनको सुरुवात भएको थियो । उनका धेरैजसो गीतहरु नातिकाजी र शिवशंकरद्वारा सङ्गीतवद्ध भएका हुनाले पलेँटीमा यसपटक उनै दुई मूर्धन्य कलाकारहरुको सम्झना ताजा हुने भएको छ ।

    ‘मैले गाएका हाराहारी ३०० गीतहरूमा झण्डै ८० प्रतिशत त नातिदाइकै मात्र सङ्गीत छ । मेरो पहिलो गीतको सङ्गीत पनि उहाँकै थियो । उमेर र अनुभव दुवैले म भन्दा पाको भए पनि उहाँले मसंग मित्रवत व्यवहार गर्नुहुन्थ्यो’ पलेँटीका वाद्यवादकहरूसंग अभ्यासमा व्यस्त ६२ वर्षका गायकले भने- ‘मैले पलेँटीमा सङ्गीत बुझेका र कलाकारलाई हौस्याउने श्रोताहरूको उपस्थिति रहने गरेको देखेको छु । त्यसैले मेरो जीवनको पहिलो एकल कार्यक्रम हामी दुबैका लागि अविस्मरणीय हुने कुरामा म बिश्वस्त छु ।’ आफ्नो बहुचर्चित गीत ‘सपना भुलाइ सारा’का साथमा ‘आँखैमा रात गली’, ‘मेरो आँसुमा नहाँसे’, ‘यहाँ एक मन छ’ जस्ता अन्य एक दर्जनभन्दा बढी गीत गाउनका लागि यसपटक उनले पलेँटी कसेका छन् ।

    योगेश वैद्यको पलेँटीका सन्दर्भमा पलेँटी संयोजक आभासले भने- ‘हामी योगेश दाइलाई हाम्रो माझमा पाएर उत्साहित भएका छौं । उहाँको उपस्थितिले पलेँटीको गरिमालाई अझ बढाउने कुरामा हामी बिश्वस्त छौं ।’ नेपाली आधुनिक सङ्गीतमा समर्पित नेपाल र नेपाल बाहिरका साधकहरुलाई पलेँटीले विगत ५ वर्षदेखि प्रस्तुत गर्दैआएको छ ।

    गोधुलिमा हिंड्ने एउटा जीउँदो मान्छे
    संसालाई फेर्छु भन्थ्यो आफैँ फेरिएछ

    मझेरीको अँध्यारोलाई खाल्टो खनी पुर्छु भन्थ्यो
    उनी आउने पूर्णिमालाई जुनीभरि कुर्छु भन्थ्यो
    अँध्यारोको अँगालोमा आफैँ बेरिएछ
    संसालाई फेर्छु भन्थ्यो आफैँ फेरिएछ

    मौसम साह्रै उजाडियो पालुवा झैँ झुल्छु भन्थ्यो
    मेरो जन्म मेरो होइन अरुनिम्ति फुल्छु भन्थ्यो
    पुरानो त्यो हिसाब-किताब सबै केरिएछ
    संसालाई फेर्छु भन्थ्यो आफैँ फेरिएछ

    WALKING AT SUNSET: A SONG
    A live man walking in the haze of a dusty sunset
    Once thought he would change the world but he changed instead

    He used to say he would dig a pit to bury the gloom of the passageway
    He used to say he would wait all life for the light of a rare full moon
    He got ensnared in the embrace of darkness
    He once said he would change the world but he changed instead

    A live man walking in the haze of a dusty sunset
    Once thought he would change the world but he changed instead

    He used to say he would bow as a blossom when the season got parched
    He used to say his birth was not his; it was for others he bloomed
    Those old calculations have all been crossed out
    He once said he would change the world but he changed instead

    A live man walking in the haze of a dusty sunset
    Once thought he would change the world but he changed instead

    Translation by Manjushree Thapa.

    शरीर

    ff2

    तस्वीर: फ्रीफोटो डट कम

    सुमिरण भन्छे-
    तिम्रा औंला
    सुमसुम्याउदाको अनुभूति
    ‘च्याट्’ गर्दाको भन्दा
    बिलकुल भिन्दै

    विपुल भन्छ-
    तिम्रा आँखा
    निहार्दाको संवेग
    ‘ईमेल’ लेख्दाको भन्दा
    अद्भूत फरक
    Read More

    प्रकृतिको रङ

    प्रकृतिको रङमा रङ्गिएको फागु पहिलेको इन्द्रसरोबर- तस्वीर सिलोट

    घुम्नुमा जो मजा छ । त्यो अद्भूत छ । नौला दृश्यसित सम्बन्ध स्थापना गर्नु कुनै नौली प्रेमीका भेट्नु जत्तिकै रोमाञ्चक । चाहे वन्दीपुर पुगौं वा धनकुटा, लाहान पुगौं वा हेटौंडा । मन कम रोमाञ्चित हुन्न ।

    वर्ष छ २०६३ को । सम्झँदै हुन्छु छ, आठ महिना अघिका कुरा- वितेको वैशाखमा लागेथ्यो, नेपालका सम्पूर्ण जनताले एकसाथ मिलेर एउटा सिम्फोनीको रचना गरे । मनहरू कम रोमाञ्चक भएका थिएनन् त्यसबखत । वैशाख सिम्फोनीको झंकार लामै अवधिसम्मै झन्की रहेकै हुन्छ । त्यही झंकार बोकेर यात्रामा निस्केको । पुसको महिना छ । छु लाहानमा । छ हुस्सु नै हुस्सु । तराईसमेत छ चिसै । खेतमा घुर धुवाँउदै छन् । सडकमा टायर । राष्ट्रिय अभिव्यक्तिहरू प्रसारित भइ नै रहेका हुन्छन्- नेपाल नौलो युगमा प्रवेश गर्छ रे !  त्यस दिनको प्रमुख खबरमा चाहिँ हुन्छ-  ‘सद्दामलाई फाँसी ।’ इराक अब नयाँ युगमा प्रवेश भयो रे !  घोषणा गर्दिर्ने चाहिँ हुन्छन् अम्रिकी बुस । रोमाञ्चक यात्रामा रोडा बनेका हुन्छन् यस्तै के के कुरा । मन किन यस्तो नरमाइलो ? सद्दामसित प्रेम त थिएन । तर फाँसी ! शब्द नै अप्रिय । दिल खुस छैन । उसबखत खुस भएहुन् सायद उनै अम्रिकी बुस र उनका अनुयायी ।
    Read More

    साभार

    मार्खुमा माछा, माया र मात

    आभास

    तस्वीर: समूह

    1

    सहयात्रा

    म साँझलाई मन पराउनेमा पर्छु । साँझ यसकारण मन पर्छ- यसले दिनभरका अनेकौं अनुभव बटुलेर ल्याउँछ र आत्मचिन्तन उत्पन्न गराइदिन्छ । आत्मचिन्तनमा डुब्नु, एउटा सुन्दर संगीत सिर्जना गर्नुजत्तिकै वा कुनै सुन्दर कविता कोर्नुजत्तिकै आनन्ददायी र सुफल कर्म हो पनि भन्ठान्छु । त्यसैले मेरा अधिकांश साँझ आत्मचिन्तनमै डुब्छन् । कहिले नितान्त एक्लै मौन रहेर र कहिले मौनतालाई भताभुङ्ग पार्नेगरिका क्रियाकलापमा संलग्न भएर ।

    8

    ऊ त्यहाँ बस्छे नायिका

    अस्तिको शनिबार साँझ भने यस्तो भो; म एक्लै थिइनँ । थिएँ अरु चारभाइ- गोविन्द, गिरिश, देवेन्द्र, नारायणसित । पलेँटी कसेर । बन्द कोठामा होइन । मार्खुको बगरमा । केहीदिन अघिदेखि गिरिश र देवेन्द्रको अनुरोध र योजना थियो- ‘शहरबाट बाहिर जाउँ दृश्यको मजा लिउँ, गीत, संगीतको मजा लिउँ र खानपिनको स्वाद पनि चाखौं ।’ मैले स्वीकृति त दिएँ तर मबाट गीत सुन्ने उनीहरूको चाहना भने त्यो साँझ पुरा भएन । गीत सुनाउनका लागि साज र मूड दुबैको पक्षधर मैले हार्मोनियम बोक्ने जाँगर देखाइनँ भनूँ अथवा योजनाकारहरूको मनमौजी व्यवस्थापनले हिंड्नुभन्दा केही मिनेट अघिसम्म पनि हाम्रा सहयात्री कति र कोको भन्ने बेटुङ्गो भइदियो । फेरि यातायातको साधन कसरी समायोजन गर्ने भन्ने प्रकृया पनि रह्यो अनिश्चित । अघिल्लो साँझ गोविन्दले व्यवस्थान गर्ने मित्रहरूमाथि फोनमा प्रकट गरेको वाक्य-विस्फोट सुन्दा त यसपलीको यात्रा, आरम्भ नै नभइ टुंगियो ठानेथेँ । धन्न त्यसो भएन । निस्चित समयभन्दा थोरै विलम्ब नै सही, हाम्रो कुलेखानी यात्राले मूर्त रुप लियो ।
    Read More

    जुरिख–विमानस्थल उत्रन एकघण्टामात्र बाँकी हुँदो हो । अष्ट्रेलियाबाट स्वीजरल्याण्ड बसाइँ सर्दै गरेको स्टीभले मतिर प्रश्न फ्याँक्यो– ‘आर यु बुद्धिष्ट ?’ दशौं घण्टादेखिसँगै तर परिचयसम्म नगरिएको स्टीभले किन पहिलो वाक्यमै यति गह्रौं प्रश्न गर्‍यो ? सोच्दै उत्तर दिएँ– ‘म बुद्धिष्ट पनि र अरु पनि, धर्मलाई सप्रदाय झैँ मान्ने र सीमा छुट्याउने अमानवीय छुवाछुत् मलाई मन पर्दैन, तिमी आफैँ सोच म कुन् धर्मी ?’ मेरो यो उत्तर उसलाई कस्तो लाग्यो थाहा छैन । भन्यो– ‘तिम्रो तनाव रहीत अनुहार देखेर मैले यो प्रश्न गरेको हुँ।’ सोधु झैँ लागेथ्यो– ‘के सबै बुद्धिष्टहरु तनाव मुक्त हुन्छन् र ?’ तर सोधिन । बरु धन्यवाद दिएँ र हातमा रहेको टैगोरको ‘सङ्गीत चिन्तन’मा घोत्लिएँ ।

    विमान थोरै कोल्टे, तलको शहर झलमल। यही रहेछ जुरिख । सवेर हुनु पहिले कुहिरो नभएर झलमल थिएछ । स्टीभसित औपचारिकता पनि निभाइन । शायद उसलाई पनि मेरो दशौं घण्टाको मौनताले प्रभावित पार्‍यो होला । चुपचाप हिँड्यो । तरेली परेको रङ्गीन बादलमाथिबाट कोपनहेगनतर्फ उड्दै गर्दा स्टीभको अनुहार सम्झन खोजेँ तर सकिन । बरु उसको त्यो प्रश्न भने अझै गुञ्जिरहे झैँ लाग्थ्यो– ‘आर यु बुद्धिष्ट ?
    Read More

    darma_j  सायद
      उसको नाम यस्तै थियो-
      धर्मजीत
      हो या पराजीत

      अहिले
      स्मृतिबाट हराउदै गएको

      तर
      उ थियो
      हाम्रै वरिपरी फुलेको फूलजस्तै
      होचो
      कलिलो
      र सुगन्धित

     

    उसका सपनासमेत थिए सुगन्धित
    भन्ने गर्थ्यो-
    ‘जीवन स्वप्निल छ
    म स्वप्निल खोलामा पौडदै
    जीवनलाई सार्थक बनाउन चाहन्छु’
    Read More

    पाहुनाको कलम

    शमीका जरा र  सोमदत्त, सुम्निमा

    • कल्पना

    kalpana

    कल्पना

    रुखमूनि उभिएर सुम्निमाले भनी, “सम्झना छ सोमदत्त ? यहीँ हाम्रो भेट भएको थियो धेरैदिन पहिले “

    भन्न त उस्ले त्यती मात्र भनी । तर सोमदत्तलाई लाग्यो उस्का अ‍ाँखा रसाएका छन् । उस्ले विस्तारो भन्यो, “त्यो के बिर्सिने कुरा हो सुम्निमा ?”

    यसअघि कहिल्यै छुने कोशिस नगरेको उस्ले सुम्निमाको हात समायो । भन्नलाई त मुखेन्जी त्यतीमात्र भन्न सक्यो, तर मनमनै अरुपनि धेरै कुरा भन्यो उस्ले । ” मैले अज्ञानी असँस्कृत ठानेको तिमी नै सही रहिछौ सुम्निमा । देउताको चलन गर्नुहुन्न रै’छ मानिस भएर । प्रकृतीले मिलाएको र्‍याङठ्याङलाई भत्काउन खोज्नु असल कुरा हैन रै’छ । मानिसभित्र त साँच्चै मनुवा पो बस्दोरहेछ । तपको बलले देवत्व प्राप्त गर्ने धुनमा के के गरिनँ मैले । शीतकालमा कैलाश मानसरोवरको जलमा डूबेँ । ग्रीष्ममा मरुभूमिमा पञ्चाग्नि बालेर अतिशय कठोर तपस्या गरेँ । सँसार चहारेँ । कतै म भयोत्पादक बौलाहा देखिएँ त कतै महात्मा मानेर पूजिएँ । त्यस्तो अवस्थामा पनि तिमीले पछ्याउन कहाँ छाड्यौ र ! यदाकदा म पीडाले कराउँथेँ ‘यो धुकधुकी नथामिउन्जेल सुम्निमाले मलाई नछाड्ने भई ।’
    Read More

    नेपाली समय-Nepal Time

      प्रचार प्रसार

      Advert

      Advert

      Advert

      Advert

      Advert