• संम्बन्धित पृष्ठ/Links

  • विधा/Categories

  • मेटा/Meta

  • अभिलेखालय/Archives

  • SHOW / HIDE NAVIGATION

    ‘सुबेल भाइ !
    साच्चै मान्छेले पहिलोपल्ट कसरी प्रेम गर्न सिक्यो होला ? जंगली अवस्थादेखि अहिलेसम्म आइपुग्दा यसले ‘मोर्डन्’ ‘पोस्ट मोर्डन्’ या ‘अल्ट्रा मोर्डन्’ कुन रुप धारण गरिरहेको होला ? त्यसमा खोज गर्दा पो चासोपूर्ण होला नि ! हैन र ? प्रेमगीतका बारेमा मेरो (जसले आजसम्म पनि प्रेमको गहिराइलाई नै मात्र पछ्याउने प्रयास बाहेक मोती टिपेकै छैन ।) टिप्पणीले के नै महत्व राख्ला र ?’

    त्यतिखेर ठट्टौलो मूडमा रहेको मैले सुबेललाई अलि ठाडो ईमेल लेखेछु कि कसो ? उसले त्यसको जवाफ पनि फर्काएन । खासमा उसले पुरानो पुस्ताले सिर्जना गरेका दशवटा उत्कृष्ठ प्रेमगीत र ती गीतलाई मन पराउनुका मेरा व्यक्तिगत धारणा मात्र बुझ्न खोजेको हो । म परे मूडी । त्यतिबेला सोचेँ- लाग्छ, प्रेम आफैँ नै धारणा, अवधारणा, नियम, नियन्त्रणमा नबाँधिने उन्मुक्त चरा झैँ हो । भनौं न ! एक एकखाले अराजक-जटिलतासित कावा खाँदै उड्ने चरा जस्तै त हो प्रेम । (मैले अराजकपछाडि जटिलतालाई जोडेँ नि ! यसमा मेरो मस्तिष्कको तन्तु मिश्रित कुनै गहन चिन्तन संलग्न छैन है । बरू छ मेरो मन संलग्न निजी अनुभूतिकै वैयत्तिक र सामान्य अनुभव ।) हुनलाई प्रेम भन्ने कुरा जटिल र असजिलो मानव गुण नै त हो । अझ, म त ठान्छु- मानव गुणमात्र नभइ प्राणी गुण नै हो । जति नै असजिलो र अराजक भए पनि यस्तो जगत-प्रिय तर नाजूक विषय अथवा प्रेमका बारेमा सार्वजनिक रुपमा निजी धारणा बनाउन म असमर्थ नै छु । उसले त भनेको थियो- ‘प्रेमगीतमाथि केही अभिव्यक्ति पाऊँ न, दाइ !’ भन्ने मन थियो- ए सुबेल- ‘गीत, संगीत, कला, साहित्य त रसास्वादननिम्ति हुन् नि भाइ ! तिनमाथि धारणा बनाएर म मेरो आत्मरञ्जनको घेरालाई किन साँघुरो बनाऊँ हँ ?’ तर मैले मुख फोरिन । बरु तत्काललाई एउटा बाङ्गो ढपको ईमेल पठाएर उम्किएँ । यसलाई उम्किएँ नै त कसरी भनौँ र खै ? यी अहिले केही लेखुँ भनेर त अल्झेकै छु नि । प्रेम पनि यस्तै त हुन्छ । भाग्न खोज्यो; भागेँ भन्यो या भागेको ठान्यो, तर बारम्बार जहाँकोत्यहीँ परिक्रमा गरिरह्यो र मोहमै अल्झिरह्यो ।
    Read More

    पाहुनाको कलम

    निम्छरो प्रेम

                              – कल्पना

    उज्जर सुगन्धि सुकिलो
    यो पहिलो भेट
    साँझको दोछायाँ
    एउटा कुइनेटोमा

    ढल्दा
    पर्खाइको क्रुर कालखण्ड
    नाच्यो मन मयुर
    आँसुको जातै बैमानी
    झर्नु झर्‍यो वियोगमा
    भेट्दा’नि जनायो जात
    Read More

    कमिज डट कम

    पृथ्वीले
    सुधा दिई
    आफ्ना अङ्गहरू सुकाएर
    सिञ्चन गरी
    र कपास फुल्यो

    धागो काती
    सुन्दरीले
    र तान बुनी
    तयार भयो
    सेतो, फ्रेम रहीत क्यानभास
    Read More

    शहरकी चन्द्रमा

    शहरकी चन्द्रमा
    गीतमा रमाउन्न
    मात्र उदासिन्छे

    महलको छतबाट
    कुनै नयनले निहार्दैनन् उसलाई
    सडकका नयन पनि
    यतै
    अलमलिन्छन्
    तरुनीसितै

    शहरकी चन्द्रमा
    पुर्नेको रातमै पनि
    नितान्त एक्लिन्छे

    घण्टौंको लोड-सेडिङ् छलेर निस्केका
    गुलुपका राँके जुलुश
    खर्लप्पै निल्न खोज्छन्
    उसका शीतल किरणलाई
    Read More

    नेपाली समय-Nepal Time

      प्रचार प्रसार

      Advert

      Advert

      Advert

      Advert

      Advert