• संम्बन्धित पृष्ठ/Links

  • विधा/Categories

  • मेटा/Meta

  • अभिलेखालय/Archives

  • SHOW / HIDE NAVIGATION

    गाउँकी चन्द्रमा
    आँगनको डिलमा बस्छे
    र गाउँछे गन्धर्व-गीत-

    हे बरै !
    जो हेर्थ्यो मलाई
    आफ्ना मुग्ध नजरले
    त्यो वैँशालु कहाँ गो’ ?
    Read More

    वेरोनिका !
    म अँध्यारोसित प्रेम गर्छु

    तिमीले सोचेजस्तो-
    म अँध्यारोमा अतालिन्न

    अँध्यारोमा
    विम्बहरू तरल हुने रैछ’न्
    म कल्पना गर्छु
    विम्बहरूको-
    जो यथार्थमा पनि छन् विद्यमान
    क्रुर, विभत्स र छरपस्ट
    Read More

    साभार

    ‘संसारलाई फेर्छु भन्थ्यो, आफैँ फेरिएछ’

    उल्टो बहेको गीतमार्फत्

    आभास

    करीब एक दशक नै पो पार भयो कि कसो ?

    जीवनको बडो अप्ठ्यारो समयसित सामना गर्दै थिएँ म । हाम्रो बाहिरी समय युद्धमा लीन थियो । मलाई भने डिप्रेसनको घना कालो अँध्यारोले निल्न खोज्दै थियो । मस्तिष्कमा खाली अस्पष्ट तरङ्गमात्र दौडने । घरी निजी, घरी सामाजिक, घरी राजनैतिक र घरी आर्थिक बाढीले बगाउन खोज्ने । त्यही डरलाग्दो धरमर बोकेर म ध्यान बस्न हिंडेथेँ । बुढानीलकण्ठको विपश्यना केन्द्रतिर। लाग्छ केही शान्ति मिल्ला कि भन्नेबाहेक अर्को कुनै महान उद्देश्य पनि थिएन । दर्शनमा चाख राख्नेसम्मको स्वभाव त थियो नै तर दर्शनमै लिप्त हुने धैर्यता भने थिएन र अझैसम्म पनि छैन नै भन्छु ।

    चेतनाले जग हाल्ने उमेरको प्रारम्भमा बुद्धले प्रभावित गरेथे । मलाई तिनको त्यागको कथाले निकै दह्रोसित तानेथ्यो नै । त्यसकै प्रभावले हुनुपर्छ, धेरै खेप मैले गृहत्यागको असफल प्रयत्नसमेत गरेको हुँ । तर मेरो त्यो गृहत्यागको प्रयास दर्शनोन्मुख थिएनछ । त्यो त मैले अहिले जिउदै आएको अराजक जीवन (राज्यलाई हानी पुर्‍याउनेभन्दा फरक खाले अराजकता !) -को प्रारम्भिक पाइला पो रहेछ त । हुन त यद्यपि, एकखाले अराजकता बिना दर्शनको प्रादुर्भाव हुन्न भन्ने नै ठान्छु । तर म बबुरोको अराजकता भने खाँटी अराजकताभन्दा माथि उठ्ने औकातको थिएनछ । नत्र म पनि अहिलेको सामान्य कलाकारभन्दा फरक नै पो हुने थिएँ कि ?

    Read More

    नेपाली समय-Nepal Time

      प्रचार प्रसार

      Advert

      Advert

      Advert

      Advert

      Advert