• संम्बन्धित पृष्ठ/Links

  • विधा/Categories

  • मेटा/Meta

  • अभिलेखालय/Archives

  • SHOW / HIDE NAVIGATION

    HAPPY NEW YEAR

    hny

    पाहुनाको कलम

    म काठमाडौं आइपुगें कमरेड !

    • संगीतश्रोता

    किरेडाँडाबाट हिंडेर
    म काठमाडौं आइपुगें कमरेड !
    अब मैले चिन्नुछ-
    को को बस्दारहेछन् यहाँ !

    गुड्नलाई पाङ्ग्रा थिएनन् मसँग
    उड्नलाई थिएनन् जोरपखेटा
    आफ्नै खुट्टाले कदम चाल्दै
    बाजुङ, कुश्मा, पोखरा
    प्रत्येक सिंढीहरु छाम्दै र उक्लँदै

    किरेडाँडाबाट हिंडेर
    म काठमाडौं आइपुगें कमरेड !
    अब मैले हेर्नुछ-
    के के हुँदोरहेछ यहाँ !
    Read More

    केही मित्रहरू बीच आपसमै हामी हाम्रो पुस्तालाई ‘धराशयी पुस्ता’ भन्ने गर्छौं । यसो भन्नुका पछाडि राजनैतिक, सामाजिक, साँस्कृतिक लगायत छन्, अनेकौं कारण । ती सबै कारणलाई विस्तार गर्ने काम गर्लान् कुनै कुशल समाजशास्त्रीले । आफू त सामान्य कलाकर्मी । सोचिँदो रहेछ आफ्नै कोणबाट- हामी किन ‘धराशयी’ ?

    सुन्दै पढ्दै आएका हौं नि ! जीवनका तीन समय छन् । प्रभात । मध्यान्न । सन्ध्या । यी तीनै समयको महत्वलाई उच्च प्राथमिकता दिइन्छ सङ्गीतमा र आफू लागिएको छ त्यसैमा । सिर्जनाका निम्ति चिन्तन जरुरी छ । घोत्लन्छु । हातमा पर्छ बंगाली संसारका ‘आइकन’ टैगोरको चिन्तन । तिनले जीवनका तीन समयलाई यसरी व्याख्या गरेका रहेछन्- ‘प्रथम- बाल्यकाल यस अवस्थामा जे मनमा आयो त्यही फतफताइन्छ । यो समय कुनै नियम र शृंखलामा आवद्ध हुन्न । द्वितीय- जीवनको शिक्षाकालिन समय । यो उसको मौनताको समय । भनाइ छ मौनताको समय पार नगरी बोल्न सिकिन्न । यो अवधि जीवनको चरित्र र त्यसको ज्ञानलाई, चुपचाप गठन गर्ने समय हो । सम्पूर्ण गठनको समय भने यो पनि होइन । तृतीय- अभिव्यक्तिको समय ।’ पहिला दुई अवस्थामा आर्जन गरेको अनुभवले तेस्रो समयलाई प्रभावशाली बनाउँछ र हामी सम्पूर्णतातर्फ उन्मुख हुन्छौं, सम्पूर्णताको शीखरमा चल्ने प्रभावशाली एउटै उच्च भाषा चाहिँ सङ्गीत मात्र हो, भन्दा रहेछन् रवीन्द्रनाथ टैगोर । उनको यो व्याख्यामा प्रवेश गरेपछि ममा एउटा प्रश्न उब्जियो । हामी अहिले कुन समयमा छौं ?
    Read More

    गीत

    मनको सारा अँध्यारो:गीत

    मनको सारा अँध्यारोलाई कुचो लगाई बढारुँला
    साथ पाऊँ विन्ती हजूर जुनी सँगै गुजारुँला

    फूल टिपी माला गाँसे दुई दिनमै ओइली जाला
    चोखो प्रितलाई देउता भाके सस्तो चर्चा फैली जाला
    औँसीको यो मध्य रातमा रुपको झूटो गाथा किन
    तिम्रो उचाई मानेँ हजूर अर्को सगरमाथा किन

    पारी वनमा आगो लाग्दा दुखी हुन्छ मेरो मन
    मनकै तापले जली जाउँला दुखाउँछेउ किन झन्
    अब पार पाइँदैन माया बन्धन बुझेकै हो
    खेपेकै हो शिरको घाम बर्खायाम रुझेकै हो

    शब्द, सङ्गीतः आभास

    THE DARKNESS OF THE HEART: A SONG

    We’ll sweep away all the darkness of our hearts
    Keep me company beloved let’s spend a lifetime together

    Should I string a garland of flowers it will wilt in two days
    Should I offer my pure love to God I will cheapen my words
    Why tell false tales of form in the middle of this new moon’s night
    I accept your height beloved why erect another Sagarmatha

    We’ll sweep away all the darkness of our hearts
    Keep me company beloved let’s spend a lifetime together

    My mind hurts when the forest on the far side catches fire
    Why hurt me more, I’ll burn away with the heat of my heart
    There is no escaping now you’ve understood the bonds of love
    You’ve suffered relentless sun you’ve gotten drenched in the rain

    We’ll sweep away all the darkness of our hearts
    Keep me company beloved let’s spend a lifetime together

    Translation by Manjushree Thapa.

    साभार

     ‘गीत-गंगा’ र तुहिएको सपाना

    नारायण गोपालको शब्द-सम्झना
    आभास

    कुनै एक दिन पेमला भाउजूसित नारायण दाइका बानी-व्यहोराका बारेमा मैले खुलेर कुरा गरेथेँ । उनले सार्वजनिक नगर्ने सर्तमा भनेका कुराबाहेकको एउटा कुरा, सन्दर्भले आज सम्झिएँ । भन्थिन्- ‘भाइ ! नारायणको एउटा सपना थियो । यो घर संगीत-ट्रस्टको नाममा जाओस्, अगाडिको फूलबारीमा एउटा चिटिक्कको सांगीतिक हल बनोस् र त्यसको नाम ‘गीत-गंगा’ रहोस् ।’ यसो भनिरहँदा पेमला भाउजूको मुहार निकै उत्साहपूर्ण देखिन्थ्यो । त्यसबखतसम्म उनको स्वास्थ्य त्यति खस्किएको पनि थिएन । उतिबेला, यसो भन्दैगर्दा, मेरो मस्तिष्कमा भने नारायण गोपालको एउटा लोकप्रिय गीत घुमिरहेथ्यो-

    यसैगरि बिताइदिन्छु दुई दिनको जिन्दगी
    हाँसो म लुटाइदिन्छु आफू आँसुमा डुबी

    Read More

    पाहुनाको कलम

    उ अहिले कहाँ होला ?

    • कृपा

    लोकल स्टेजमा बर्सेनी रामलीला, महाभारत र अन्य नौटंकीहरु हेरिन्थ्यो गाउँ बसुन्जेल । ट्रयाजिक सिनहरुमा बर्बर्ती अ‍ाँसु खस्थ्यो, भलै मर्दानी सीता र द्रौपदीहरु घुँडासम्म सारी सुर्केर गणेश बिंडी तान्दै घुर तापीरहेका भेटिन्थे स्टेज पछाडि, यसो-कसो । नौटंकीको जोकर जन्मैदेखिको मजाकिया हो की जस्तो भान हुन्थ्यो । नाच्ने नटुवाको प्रभाव त यतिसम्म पर्थ्यो कि, अ‍ाङ्नामा भासिनै लागेको सखुवाको चौकीमाथी भोलिपल्टै सोनु-कनियां, मितिनी र म मिलेर गएरातीको नौटंकीको पुनर्भ्यास थालीहाल्थ्यौं, “…..रुठे रुठे पिया मनाउँ कैसे …..।”
    Read More

    गीत

    माया माग्न कहाँ जाऊँ आँसु लिइ आँखाभरि
    छोटो जोवन बिती जाला फूल झर्‍यो पाखाभरि

    बाहिरी रुप सिँगारेर कता राख्नु मनको पीर
    मान्छेले त बुझ्न छोडे धाउनु खै कुन मन्दीर
    सधैँ आँखा चिम्लिएर अन्धो बनूँ कसो गरी
    छोटो जोवन बिती जाला फूल झर्‍यो पाखाभरि

    पँधेरामा पानी सुक्यो तिर्खा अझै मेटिएन
    फूल दिए शिरमा उन्थेँ दानी कोही भेटिएन
    परेलीमा प्रीतको पानी बर्सादको भेलसरि
    छोटो जोवन बिती जाला फूल झर्‍यो पाखाभरि

    नेपाली समय-Nepal Time

      प्रचार प्रसार

      Advert

      Advert

      Advert

      Advert

      Advert