• संम्बन्धित पृष्ठ/Links

  • विधा/Categories

  • मेटा/Meta

  • अभिलेखालय/Archives

  • SHOW / HIDE NAVIGATION

    गजल शैलीको गीत

    जीवन चुपचाप गुजारेँ त के भो
    तिमीले जित्यौ म हारेँ त के भो

    लामो कथाको पनि अन्त्य हुन्छ
    शुरुमै पर्दा झारेँ त के भो

    आँसुलाई देखाउदा कमजोर ठान्लान्
    झर्नेलाई मोती पुकारेँ त के भो

    वीर कहलाउन अरुलाई मिच्ने
    पुरानो त्यो दर्शन धिक्कारेँ त के भो

    आफू उठ्छु भनी तिमीलाई ढालिन
    गुमनाम यो ‘आभास’ स्वीकारेँ त के भो ?

    पाहुनाको कलम

    अम्बर

    • ठूली

    बादल छेड्दै
    एक्स-रे नजरले आफ्ना
    टाढैबाट
    धरालाई निस्फिक्री हेर्छ,
    छोपिएकी घरि
    घरि उदाङ्ग,
    मनलागी हेर्छ

    छातीमा राखेर धराको
    उ पारिजात, वि.पी. र गोठाले पढ्छ
    तिमी मिसरीनानी,
    तिमी कडा हरककी जंगली फूल,
    हैन, तिमी सकमबरी
    हैन-हैन,
    सधैं हेरिरहुँ लाग्ने
    सुम्निमा तिमी
    फुर्क्याउँछ

    छेपारोझैं रंग फेर्दिन रे !
    घाम-पानीको चंगुलमा
    बिचरा,
    रातो-पहेंलो, कालो-निलो हुन्छ
    उ रम्ता जोगी,
    कर्के आँखाले हेरिभ्याएको
    जून-तारा, अश्विनी-रोहिनीलाई
    धरासंग साउती मार्छ

    उ छुच्चो,
    आगो बर्साउँछ कहिले
    त कहिले अगुल्टो-झटारो हान्छ
    छैन केही लिनुदिनु तिमीसंग
    हाम्रो बाटो बेगल 
    यो ……… जिन्दगी !
    मनपर्दी मुख छाड्छ,

    परिधिमा आफ्नै
    बाध्य गज्माउरिन,
    जे-जस्तो पनि
    पर्छ धराले सहन
    यद्यपि,
    हर-रुप प्यारो उस्लाई
    हरेक रंग मिठो अम्बरको

    बुझेकी छ,
    अनन्त त्यो छातीभित्र कतै
    चल्दै गरेको एउटा मुटु छ
    त्यसैले त,
    भन्छ-
    संवेदना तिम्रो बुझेर
    हिजराती म रोएँ नि !
    तिमीलाई छुन कस्तो मन छ !!

    कुरा बाल्यकालको । म खूब दगुर्थेँ । मुखबाट मोटरको आवाज निकाल्दै । यसरी दगुर्दा धनेको घर प्राय मेरो देब्रे पर्थ्यो । म आफ्नो घरबाट बाहिर निक्लँदा बढी स्वतन्त्र भए झैँ ठान्थेँ र द्रूतगतिमा दगुर्थेँ, त्यसैले धनेको घर देब्रे परेर रिङिगएको गतिमान दृश्य यद्यपि मेरो मस्तिष्कमा छ । धने जसलाई गाउँका नानीहरू ‘धनेबा’ ले सम्वोधन गर्थ्यौं, ति थिए गाउँका बधुवा किसान । तिनैको सम्झनामा यो कविता- नेपालीमा वाचन र अँग्रेजी अनुवाद समेत ।   Read More

    Audio clip: Adobe Flash Player (version 9 or above) is required to play this audio clip. Download the latest version here. You also need to have JavaScript enabled in your browser.

    प्रेम-यात्रा

    साँझमा
    अलिकति उज्यालो रोक्न
    निक्लन्छु
    मूल सडकमा

    उज्यालो भाग्छ
    मदेखि पश्चिम

    काँकडभिट्टा
    इँटहरी
    केन्द्र हुँदै
    वैतडी
    Read More

    नेपाली समय-Nepal Time

      प्रचार प्रसार

      Advert

      Advert

      Advert

      Advert

      Advert