• संम्बन्धित पृष्ठ/Links

  • विधा/Categories

  • मेटा/Meta

  • अभिलेखालय/Archives

  • SHOW / HIDE NAVIGATION

    पाहुनाको कलम

    मेरो बडा……दशैं
     
     

    ठूलीकान्छी गजक्क
    खसम अम्रीकामा
    सुनरपुरवाली मख्ख
    आदमी अष्ट्रेलियामा
    मेरो मन सँधैको अँध्यारो
    ज्यान अधमरो
    तिमी खाडीमा
     
    तिन्का गैह्री खेत-पक्की मकान
    एकपाखो छाना उडेको झुप्रो हाम्रो
    कहाँ सक्थ्यौं र संगसंगै नारिन
     
    दुखै गरे’नि, परदेशी भइ बाँचे नि
    तिन्का मान्छेलाई,
    ज्यान चिस्याउने-तताउने
    मेसो त जुर्दो हो
    टाउका माथि छानो र बलियो चौघेरा मिलेर,
    तिन्को रच्छे गर्दा हुन् 
    तर तिमी,
    आगो ओकल्ने आकाशमूनि,
    जोतेर गधा
    कसरी दिनको मेलो तुर्दा हौ Read More
    दिदी शान्ति ठटालले- ‘आभास ! मलाई तिम्रो संगीतमा गाना गाउने धोको रहेको छ ।’ भन्नु भएको निकै भयो तर मैले उहाँको धोको पुरा गर्न सकेको छैन । उहाँजस्तो स्वनामधन्य गायिकाले यसो भन्नु मेरो लागि उत्साहको विषय हो । लगातार सोच्दै छु । दिदीलाई दिने मेरो कम्पोजिशन खै कहिले फुर्ने हो ?

    Read More

    फुटपाथ मन्थन

    फुटपाथै फुटपाथ
    यात्रारत,
    एउटा सुदूर भविष्य
    चप्पले लङ-मार्च
    प्याऽऽट्-प्याऽट्
    प्याऽऽट्-प्याऽट् 
     
    भूत-वर्तमान
    वर्तमान-भविष्य
     
    फुटपाथै फुटपाथ
    स्खलित,
    अनेकौं विस्थापित सपना

    Read More

    पाहुनाको कलम

    काठमाण्डौको चिट्ठी
     
    एयरपोर्ट छेउमा.. मेरो प्यारो मान्छे !

    मोनामी शाही

    पानी रोकिएन । छाता पनि थिएन । सवारीको चाप छिचोल्दै जेब्राक्रस पार गरेपछि एउटा चिया पसलमा थियो केही तन्नेरीको कोलाहल । म छेउमा पुगेँ । र, मगाएँ एक ग्लास कडा कफी । 
    हरेकको छेउमा छ कुनै चाइनिज झोला । अधिकांश युवाको गलामा माला झुण्डिएका छन् । मानौं उनीहरू ठूलै खेलमा विजयी भएका हुन् । निधारमा टीका पनि छ । तेल घसेर चिल्ला-चाप्लाजस्ता देखिए पनि उनीहरूको अनुहारमा तेज छैन । फुस्रो, सियाँलमा ढुबेजस्तै र अभ्यन्तरको उदासी आँखामा टप्केको छ । अनुमान लगाएँ- यिनीहरू पक्कै गल्फतिर हानिन थालेका हुन् । ‘उता पुगेपछि हाम्रो एउटै कम्पनी परेछ ?’ मेरो अनुमानमा पूर्णविराम नलाग्दै छेबैमा बसेको एउटा अधबैँसेले सोध्यो । अर्कोले चियाको सुर्पि तान्दै भन्यो- ‘के थाहा ?  दलेले त हामी सबैको एकै ठाउँमा हो भन्दै थियो।’ अलिक पछि थाहा भयो, ‘दले’ भनेको दलाललाई रहेछ । म मनमनै हाँसे । दले अर्थात् दलालको अर्थ बुझेपछि ।

    Read More

    नेपाली समय-Nepal Time

      प्रचार प्रसार

      Advert

      Advert

      Advert

      Advert

      Advert