मैले पहिलोपल्ट उनको आवाज कहिले र कहाँ सुनेँ हुँला ? अहँ मलाई सम्झना छैन । तर जहिले र जहाँ सुनेँ हुँ, पहिलो गुञ्जनमै त्यो आवाजले मलाई आफ्नो प्रभावमा पारेकै हुनुपर्छ । नत्र म अहिले उनकाबारेमा लेख्ने धृष्टता किन गर्दो हुँ ? साच्चै ! एउटा यस्तो मान्छेको बारेमा ! जोसित न मेरो व्यक्तिगत चिनजान छ न हिमचिम नै । के लेख्नु कसरी लेख्नु ?
उनीसित न होस् । तर उनको आवाजसित भने मेरो हिमचिम छ भनूँ । त्यो पनि पूर्ण रुपले त नभनूँ । एउटा सामान्य श्रोताका रुपमा । तर जे छ नि ! मलाई त्यो एक दिन अहिलेसम्म सम्झना छ । जुनदिन तिनको गीतले ममा एकतमासको मात ( म त्यो बेलाको मातलाई अहिको ज्ञान पो रहेछ भन्ठान्छु ।) जगाएको थियो ।

Read More