• संम्बन्धित पृष्ठ/Links

  • विधा/Categories

  • मेटा/Meta

  • अभिलेखालय/Archives

  • SHOW / HIDE NAVIGATION

    नग्न सम्बोधन

    राष्ट्रपति महोदय !
    नाङ्गै छन् ‘वेबसाइट’हरू
    कुनै तानाशाहको भाषण जत्तिकै नाङ्गै
     छरपस्ट छन्
    ‘वेबसाइट’भरि
    योनी
    लिङ्ग
    र नितम्बहरू
     राष्ट्रपति महोदय !
    यसपालीको तिम्रो भाषणमा
    कुनै दम छैन
     स्वः नियन्त्रणका
    निजी हतियार समेत
    यसरी
    छरपस्टिएका बेला
    कसरी होला
    हतियार व्यबस्थापन?
     कविहरू
    सोचमग्न छन्
     कविता
    निष्प्रभ र दुरूह
     कविताका बिम्ब-स्थान
    योनी
    लिङ्ग
    र नितम्बले
    ढाकी सके
     राष्ट्रपति महोदय !
    गरीब गणतन्त्रले
    कसरी छोप्ला
    यस्तो आक्रामक नग्नता?
     महोदय !
    नाङ्गै छन् ‘वेबसाइट’हरू
    कुनै तानाशाहको भाषण जत्तिकै नाङ्गै ।
     ४ सेप्टेम्बर २००६

    वैशाख सिम्फोनी

    २०६३ सालको आन्दोलनले नयाँमोड लिएपछि मलाई यो कविता लेख्न मन लाग्यो र लेखेँ । जेठे-सक्रांतिमा लेखेको यो कवितालाई मित्र देवेन्द्र भट्टराईले ‘गरिमा’मा छपाउने पहल गरे । छापामा आएपछि चिनेका केही पाठकले पढेको जानकारी दिए तर केही प्रतिक्रिया जनाएनन् । आज ठीक त्यसको दुई वर्ष पन्ध्र दिनपछि कवितालाई ब्लगमा राख्दैछु । देश गणतन्त्रोउन्मुख छ । सम्विधानसभाले आजै राजतन्त्रको अन्त्यको घोषणा गर्ने पक्का छ । देशमा नयाँ परिवर्तन हुनु बडो सुन्दर कुरा हो तर सत्ता परिवर्तनको ‘क्रांति’ कालमै पनि नेताहरूमा देखिएको अदूरदर्शी व्यवहारले नेपालको भविष्य झन् डामाडोल पो हुने हो कि भन्ने चिन्ताले नेपालीलाई अझै छोडेको छैन । एउटा राजाको अन्त्यपछि अरु धेरै मानसिक राजा जन्मेर विभाजनका नयाँ विम्बहरू निर्माण पो हुने हुन् कि भन्ने अनेकौं डरहरू कायम छन् । यस्ता डरहरूको अवस्थाबाट छिट्टै मुक्ति पाइयोस् । गणतन्त्र-आगमनको हार्दिक शुभ-कामना !!!

    Read More

    गाउँ सिरानको छ्योर्तेन छेउ पुगेपछि अमृतको आवाज निस्कन्छ- ‘लौ यही हो भुजुङ ।’ हाम्रो यात्राको मुख्य गन्तव्य । लमजुङको कुनामा अवस्थित अन्तिम उत्तरी गाउँ । जहाँ मृत आत्माहरूलाई सुकन्याहरूको आङमा निम्त्याइन्छ र नचाइन्छ । अद्भुत छ हाम्रो संस्कार । हामी राजधानीदेखि डोरिएर आएका त्यही अद्भुत अनुभूतिकानिम्ति । उकालो देख्नासाथ अत्तालिने दानु, ओह्रालो भेट्नासाथ गुड्न आतुर हुन्छ । ‘ए दान्दाइ, एकछिन् पख्नु न !!, गाउँ प्रवेशको दृश्य टिपुँ ।’ अमृतको क्यामेराले छ्योर्तेन सहित ध्रुव, हरि, दीपेन्द्र, दानु सबलाई आफ्नो कब्जामा लिन्छ । ‘तपाईं नि हिंड्नुस् न !  के होऽऽ?’ म भन्दिन्छु- ‘अहँ जान्न,  क्यामेरा मेरोलागि आतङ्क हो।’  म क्यामेराको समानान्तर उभिन्छु र गर्धन ट्रिपड झैँ घुमाउँछु । अन्दाजै गर्न नसकिने ठाउँमा झुरुप्प छ, करिब चारसय धुरीको एउटै गाविस । अलिक तल भताभुङ्ग ‘एक्याप’ कार्यालय निहार्दै, गाउँभरिका बा, तीर्थ बाको आँगनमा प्रवेश गर्छौं । ‘बा ! सबन् मुआ क्योँ ?’ ‘सबन् मु बाबु ! लौ तिमेरु बल्ल आइपुग्यो, हिजै आउने खबर थ्यो त ?’ ‘अँ बा ! हामी घले गाउँका पाहुना भयौँ हिजो ।’

    Read More

    युद्धबिरामताकाको कुरा । देखिए आशाका केही झुल्का । सोच आयो राजधानीभन्दा बाहिर निक्लौं । बिना उद्देश्यको घुमाइमा खास दम हुन्न, एउटा उद्देश्य पनि खप्टुँ न ! एकजना मोफसलका सर्जकलाई भेटौं र आनन्द लिउ उनका सिर्जनाको । जाउँ हेटौंडा र सुनौं विराग दाइका अनुरागी रचना । विराग दाइलाई सुनेको सानै छँदा हो । तर उहाँकै कण्ठमा चाहिँ होइन । नारायण दाइको कण्ठमा । त्यो पनि प्रत्यक्ष होइन । रेडियोमा कुरेर । आफूलाई मन पर्ने रचनालाई त्यसरी रेडियोमै कुरेर सुन्नुमा पनि गजबको आनन्द थियो । मनले खाएको कसैको प्रतिक्षामा घण्टौ बिताउनु र प्राप्तिपछि रिसाए झैं आनन्द लिनु जस्तै । नारायण दाइका अरु गीत पनि त्यसै गरी कुरेर सुनिन्थ्यो । रचना छान्न सक्ने उहाँको खुबीको प्रशंसा र ईर्ष्यालु भावनाको त्यतिबेलै अङ्कुरण भैसकेको रै’छ भित्र भित्रै । र त सोच्दो रै’छु– नारायण दाइको स्वरमा अनुरागका सबै कोण गुञ्जिसके अब के पो गाउने? अचम्मै को हुन्छ यो ईष्या भन्ने जँन्तु पनि । विराग दाइको रचना, नारायण दाइको कण्ठबाट सुन्दा यस्तै या योजस्तै भावना उठेथ्यो सायद । सरलता भित्र यस्तो उचाई एकदम थोरै रचनामा पाइन्छ–

    Read More

    Audio clip: Adobe Flash Player (version 9 or above) is required to play this audio clip. Download the latest version here. You also need to have JavaScript enabled in your browser.

    नेपाली समय-Nepal Time

      प्रचार प्रसार

      Advert

      Advert

      Advert

      Advert

      Advert