29
Apr
Posted by Aavaas In politic
कहिले काँही तातो बहसमा सहभागी भइन्छ । देश, राजनीति र समाजका विषयमा । अलि बढ्तै पनि बोलिन्छ कि कसो ! भोलिपल्ट आत्म विवेचना हुन्छ । आत्मपरक ढंगले- ‘हिजो बढी बोलेर कसैको चित्त पो दुखाइयो कि ? हत्तेरी ! खुरुक्क संगीतमा केन्द्रीत नभएर किन बहसमा चासो राखिरहेको होला ?’
Read More
16
Apr
Posted by Aavaas In music
सन् २००० को सेप्टेम्बर थियो । कोपनहेगनको एउटा रेकर्डिङ स्टुडियोमा मेरा संगीतकार मित्र ग्रेगर्स रेकर्डिङ सञ्चालन गर्दै थिए । विभिन्न देशका संगीतकार आ–आफ्नो सांगीतिक पहिचान देखाउँदै थिए । एसियाका चीन र इरान सम्मिलित सो सांगीतिक भेलामा दक्षिण एसियाबाट नेपालमात्र सहभागी थियो । चीनको सांगीतिक मौलिकताबारे सामान्य जानकारी थियो भनूँ । तर इरानको मौलिकताको स्वाद पहिलोपल्ट लिँदै थिएँ । शब्द बिना नै मनमा सहजै सम्प्रेषण हुने । अद्भूत शैली । सांगीतिक प्रस्तुतिको मध्यान्तरमा इरानी मित्र अलीसित जिज्ञाशा राखेँ– ‘अली ! तिम्रो देशमा तिमीले भरखर प्रस्तुत गरेजस्तो सांगीतिक मौलिकता हावी छ या विश्वमै चलेको सजिलो लहर फैलिएको छ ?’ उनको उत्तर उदेक लाग्दो थियो– ‘इरान–इराक युद्धताका हाम्रो देशमा संगीत प्रतिवन्धित थियो । तर सर्जकहरू भूमिगतरुपमै सिर्जनारत रहेर भए पनि आरुनो मौलिकता कायम राख्न सफल भए । त्यसैले हाम्रो मौलिकतालाई पश्चिमे एकरुपे शैलीले अझै गाँज्न सकेको छैन ।’ मेरो मुहारको उदेक–भाव उनले सहजै अनुमान गर्न सक्ने खालको हुनुपर्छ । केही सोध्न खोज्दै हुन्छन् । मैले मौकै दिइन । भनेँ– ‘अली ! तिम्रो अभिव्यक्तिको शैलीमा त प्रतिबन्धले गर्दा मौलिकता कायम रह्यो भन्ने भाव पो पाएँ त !’ उनी भन्छन्– ‘आभास ! म प्रतिबन्धको पक्षधर त होइन तर दुर्घटना भइसकेपछि त्यसमा पनि उज्यालो खोज्न छोड्नुहुन्न भन्ने लाग्छ । झन् सर्जकले त प्रतिकुलतालाई काँधमै बोकेर भए पनि उज्यालोलाई पछ्याइरहनु पर्छ ।’ उनको यो अभिव्यक्तिले म अवाक भएँ । गम्लङ्ग अँगालो हाल्न चाहेँ, हालेँ । अली मभन्दा निकै अग्ला रहेछन् ।
Read More
Audio clip: Adobe Flash Player (version 9 or above) is required to play this audio clip. Download the latest version here. You also need to have JavaScript enabled in your browser.