• संम्बन्धित पृष्ठ/Links

  • विधा/Categories

  • मेटा/Meta

  • अभिलेखालय/Archives

  • SHOW / HIDE NAVIGATION

    उनको वचनले

    उनको वचनले दुख्यो मन आज
    र पो चाल पाएँ बाँचेकै रहेछु
    आघातले पत्थर बन्छ मुटु भन्थे
    आफूभित्र मान्छे साँचेकै रहेछु

    एकान्त रोजेँ सारा संसार भुल्न
    सकिनँ ढाँटेर आफैँलाई छल्न
    पीरको जलनले पछि हटेँ चुपचाप
    र पो चाल पाएँ कायर पो रहेछु
    दु:ख खेप्न सक्ने उठ्छ माथि भन्थे
    आफूभित्र आफैँ घायल पो रहेछु

    सम्हालेर छामेँ टुट्छ्यौ कि भनेर
    चिन्दै चिनिनँ त्यति धेर चिनेर
    गीतको हरफमा गाउँदै रहेँ छिनछिन्
    र पो चाल पाएँ अल्झेकै रहेछु
    बग्ने खोला कहिल्यै रोकिँदैन भन्थे
    बाफिएर शीतमा बल्झेकै रहेछु

    बोल

    कुनै पनि खाले बलमिच्याइ  सहन मन  नलाग्नु मानवीय स्वभाव हो  !  नियम बनाएपछि पालन नगर्ने हो भने विधान र संविधान किन बनाउने हो ? अब पनि नबोले त जिभ्रो नै थुत्नान् भन्ने डर भयो । बाटोमा हिँड्दा पनि लाठो खानु पर्ने त अतिवादतर्फको यात्रा  होइन र ?  वैचारिक स्वतन्त्रता जिन्दावाद ! बलवाद मूर्दावाद ! सबैखाले बलजिवीहरूको मति सुध्रोस् भन्ने कामनाकासाथ ५ वर्ष पहिले आफैँले कम्पोज गरेको फैजको कृति सम्झेँ-

    बोल, कि लब आजाद हैं तेरे
    बोल, ज़बां अब तक तेरी है
    तेरा सुतवां1 जिस्म है तेरा
    बोल, कि जाँ अब तक तेरी है

    देख कि आहन्गर2 की दुकां में
    तुन्द3 हैं शोले, सुर्ख़ हैं आहन
    खुलने लगे क़ुफलों4 के दहाने5
    फैला हर ज़ंजीर का दामन

    बोल कि थोड़ा वक्त बहुत है
    जिस्म-ओ-ज़बाँ की मौत से पहले
    बोल, कि सच ज़िन्दा है जब तक
    बोल जो कुछ कहना है कह ले!

    1. गठीला, 2. लुहार, आहन – लोहा, 3. तेज, 4. ताले, 5. मुंह

    Notation by Aavaas

    रातो र चन्द्रसुर्जे, जङ्गी निसान हाम्रो
    जिउँदो रगतसरि यो, बल्दो यो सान हाम्रो

    हिमालझैँ अटल यो, झुकेन यो कहिल्यै
    लत्रेन यो कहिल्यै, जङ्गी निसान हाम्रो
    यो जन्मँदै जगत्मा कैयौँ प्रहार आए
    साम्राज्य दुई हारे, हारेन सान हाम्रो

    जबसम्म चन्द्रसुर्जे आकाशमा रहन्छन्
    तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो
    गाईसरि छन् साधु जोजो यहाँ जगत्मा
    सबको सरन बलियो, जङ्गी निसान हाम्रो

    खन खन दिलको खेत

    MkTh

     गीतकार: महाकवि लक्ष्मिप्रसाद देवकोटा

    जिन्दगीको मौसम रहँदै खन खन दिलको खेत
    बाँझो नहोस् पानी पर्दै चेतन जल शुद्ध सफेद

    अनन्त ठूलो सागरबाट घुमी घुमी मौसम आयो
    खूब फुल्दछ दिलको माटो वर्षाले गान सुनायो
    इन्द्रिय गोरू शरीर हलोमा बाँधी बाँधी खन खन खेत
    बिउ छन् जगमा कर्म हजारौं रोप फुलाऊ लह लह खेत

    जिन्दगीको मौसम रहँदै खन खन रोप फुलाऊ
    पर्खन्न कसैलाई काल निठुरी हाय यसै ननिदाऊ
    रोप रोप सब बिउहरू अहिले; अन्न फलोस् पछिलाई
    नरुनु पछाडि आउँछन् जहिले हिउँद कडा तिमीलाई

    जात नसोध मलाई

    ag2

    संगीतकार, गीतकार तथा गायक- अम्बर गुरुङ

    म बाहुन हुँ कि म छेत्री
    या कुनै एक मतवाली
    मेरो जात नसोध मलाई
    म त मात्र खाली नेपाली

    मञ्जुर छ गरीब म हुँला
    भूल-चुक भएको होला
    तर कसले नकार्न सक्छ
    म विशाल मनको नेपाली

    तिमी देश प्रवास जहाँ छौ
    मेरो अन्तर मनमा छँदै छौ
    कल्ले रोक्ला भेट्न तिमीलाई
    मेरो मनको पासपोर्ट नेपाली

    म गीत पनि गाउने नेपाली
    प्रीत झन् लाउने नेपाली
    हुन्छ काली भए पनि गोरी
    तर हुनु पर्छ नेपाली

    गाइने दाइ

    • हरि अधिकारी
      hari_a

      कवि हरि अधिकारी

     

     

     

     

     

     

    गाइने दाइ; गाइने दाइ
    तर्केर न जाउन मलाई छोडेर
    आँखाको पानीलाई टक्कै रोकेर

    तल छ खोला
    प्यास लाग्यो होला
    फुटेछ सारंगी
    छुटे छ संगी
    गोधूली- बेला
    डिँगाको ताँती
    अस्ताए देउता
    सुस्ताउँनु जाती

    उकालो अर्मला
    तेर्पिलो भलाम
    फुटेछ कुर्कुच्चा
    छ छैन मलम
    कालीको बगर
    सेतीको डहर
    बिर्सियो बाटो
    ठाउँ न ठहर

    dilbd

    दिल बहादुर गन्धर्व

    तिमी नि एक्लै
    म पनि एक्लै
    जानु छ टाढा
    रात भयो गाढा
    बिसाउ पोको
    पुर्याउंन धोको
    खाली छ मन
    रन्केको तन

    हर्पनको दुवाली
    बेगनासको बल्छी
    मायाको बाटोमा
    म भएँ अल्छी

    मनको मझेरी
    छ खाली खाली
    बिर्सेछौ बाटो
    तिमीले यसपाली

    गाइने दाइ; गाइने दाइ
    तर्केर न जाउन मलाई छोडेर
    आँखाको पानीलाई टक्कै रोकेर ।

    AS TIME PASSED

    (PALAA PALAA)

    AS TIME PASSED

    As time passed the leaves of life kept falling
    Night fell upon the threshold of evening time

    Forgetting who I was I wandered amid strangers
    I rose many a morning and many a dusk I set
    I began to thirst and hunger for my own dreams
    Your memory haunted me when flowers bloomed

    At times I trembled with the strings of the guitar
    At times I dropped like a mirror and shattered into pieces
    I began to be betrayed by my own grief
    My courtyard felt alien without you

    Lyrics and Composition: Aavaas
    Translation by Manjushree Thapa

    पला-पला

    पला-पला जिन्दगीको पात खस्दै गयो
    *गोधूलिको *संघारमा रात खस्दै गयो

    आफैँलाई बिर्सँदै म पराई माझ पुगेँ
    धेरै बिहान झुल्किएँ म धेरै साँझ डुबेँ
    मलाई आफ्नै सपनीको प्यास लाग्दै गयो
    फूल फुल्दा तिम्रो मात्र याद जाग्दै गयो

    कहिले बजेँ तारसँगै आफैँ थर्किएर
    कहिले खसेँ ऐना जस्तै फुटेँ चर्किएर
    मलाई आफ्नै वेदनाको आघात लाग्दै गयो
    तिमी विना आफ्नै आँगन *प्रवास लाग्दै गयो

    (यो गीत सुन्ने केही मित्रको शब्द-अर्थ खुलोस् भन्ने अनुरोधलाई पालन गरेको हुँ)

    गीत र म्युजिक-भिडियो- www.aavaas.net/music.html मा उपलब्ध छ.

    * साँझमा गाईको बथान हिंड्दा उडेको धूलो मिसिएको वतावरण 

    * घरको दैलो र आँगनको बीचको भाग

    * जन्मस्थानबाट परको विरानो ठाउँ

    firefly_in_the_dark

    चित्र: मोहन खड्का

    अँध्यारोमा जुन्किरीको साथ प्यारो लाग्यो
    शिखर भने अझै टाढा यात्रा प्यारो लाग्यो

    बाटोभरि कति भेटेँ यात्री सहयात्री
    कति छुटे फेदीमा नै कति चढे माथि
    नरोकिएँ दु:खमा म नरोकिएँ पीरमा
    कहिले पुगेँ देउरालीमा कहिले पुगेँ भीरमा

    फेरि पनि झेल्नु पर्ला कैयौं बाधा अड्चन्
    म त यात्री फुकाउँदै जान्छु सबै बन्धन
    तिम्रो पनि शिखर चढ्ने मन भए आऊ
    जहाँसम्म मन मिल्छ हामी संगै जाऊँ

    FIREFLY IN THE DARK
    (A’n'dhyaaromaa Junkiri)

    A firefly in the dark
    What a delightful companion
    On long journey
    When the summit is far far away

    Several I had
    Companions and fellow travelers
    Left some behind in the valley
    Climbed up the hill with the others
    Neither could sorrow stop me, nor would woe
    Reach I will sometimes the resting place
    On the way up and on the way down

    Confront I will many hazards and obstacles
    A traveler, I will go on unraveling all,
    if your heart is on reaching the peak
    Join me along, we be fellow travelers
    As long as we so desire.

    Translation by Kalpana Ghimire
    Image by Mohan Khadka

    आँसुले यो मन

    आँसुले यो मन बहकिन्छ मातले पनि बहकिन्छ
    रोकूँ भन्छु पीरहरू जलेर मन पग्लिदिन्छ

    मायाको कुनै भर हुन्न कहाँकहाँ अल्झिदिन्छ
    घाउ त बरु निको हुन्छ माया फेरि बल्झिदिन्छ
    तलाउमा जून चहकिँदा मुहार उही झल्किदिन्छ
    रोकूँ भन्छु पीरहरू जलेर मन पग्लिदिन्छ

    फेवा र रुपा बेग्ला बेग्लै तरङ्ग उही फैलिदिन्छ
    आँखा हो यो मनको ऐना पोल सबै खोलिदिन्छ
    हत्केलाले घाम कसो’री छेकूँ चर्चा फेरि चलिदिन्छ
    रोकूँ भन्छु पीरहरू जलेर मन पग्लिदिन्छ

    (AANSULE YO MANN)

    MY HEART GOES ASTRAY

    My heart goes astray at tears, it goes astray at spirits
    I try stopping my worries but my heart melts and blazes

    There is no counting on love, it gets entangled everywhere
    Wounds eventually heal but love keeps flaring up again
    A certain face appears when the moon glimmers on the lake
    I try stopping my worries but my heart melts and blazes

    Fewa and Rupa stand apart, yet the same waves ripple on their surface
    The eyes mirror the heart, they reveal all that one tries to hide
    How could I block the sun with my hands: Rumors will spread
    I try stopping my worries but my heart melts and blazes

    Lyrics and Composition: Aavaas (album:Palaa Palaa)
    Translation by Manjushree Thapa

    मनको सारा अँध्यारोलाई कुचो लगाई बढारूँला
    साथ पाऊँ विन्ती हजूर जुनी सँगै गुजारूँला

    फूल टिपी माला गाँसे दुई दिनमै ओइली जाला
    चोखो प्रितलाई देउता भाके सस्तो चर्चा फैली जाला
    औंसीको यो मध्य रातमा रुपको झूटो गाथा किन
    तिम्रो उचाई मानेँ हजूर अर्को सगरमाथा किन

    पारी बनमा आगो लाग्दा दुखी हुन्छ मेरो मन
    मनकै तापले जली जाउँला दुखाउँछ्यौ किन झन्
    अब पार पाइँदैन माया बन्धन बुझेकै हो
    खेपेकै हो शिरको घाम बर्खायाम रूझेकै हो

     THE DARKNESS OF THE HEART: A SONG

    We’ll sweep away all the darkness of our hearts
    Keep me company beloved let’s spend a lifetime together

    Should I string a garland of flowers it will wilt in two days
    Should I offer my pure love to God I will cheapen my words
    Why tell false tales of form in the middle of this new moon’s night
    I accept your height beloved why erect another Sagarmatha

    We’ll sweep away all the darkness of our hearts
    Keep me company beloved let’s spend a lifetime together

    My mind hurts when the forest on the far side catches fire
    Why hurt me more, I’ll burn away with the heat of my heart
    There is no escaping now you’ve understood the bonds of love
    You’ve suffered relentless sun you’ve gotten drenched in the rain

    We’ll sweep away all the darkness of our hearts
    Keep me company beloved let’s spend a lifetime together

    Translation by Manjushree Thapa

    « Previous Entries

    नेपाली समय-Nepal Time

      प्रचार प्रसार

      Advert

      Advert

      Advert

      Advert

      Advert