05
May
Posted by Aavaas In guest book
घामका कुरा
इत्रिनुसम्म इत्रेर
सन्ध्यासँग
डाँडाको घाम
पारी ओरालो झर्छ,
सातौं घोडा हराएको रन्को -
धोक्छ तिनपाने
निशाको भट्टीमा
र, त्यहीँ बेन्चीमा
अप्ठ्यारोसँग निदाउँछ
रातिँदै सरमले
चियाउँछ एकाबिहानै
नदीकिनार बाँसझ्याङबाट
देख्छ – सँधैझैँ शान्त छे धरती
ऊ ग्लानीले भरिन्छ,
आफूबाटै चोईटिएकी
सुधी, सुवानी, डल्ली मोरीको
उसलाई, अग्घोरै माया लाग्छ
मनचिन्ते झोलीभित्र
सुध्रने वाचा र प्रेम–प्रतिज्ञा खोज्छ
फँसेर,
इन्द्रेणीका इन्द्रजाले कुरामा
उ मूडी हुँदैछ
काले शनीले घुर्दा उसलाई
धुँवाको तलतल लाग्छ
बेफ्वाँकमा रनक्क रन्किन्छ, कुपित हुन्छ,
खराब छन् राहुकेतुका नियत
ट्यापे हुँला कि भनी डराउँछ
गम खान्छ,
डेन्ड्रोइड सुँघ्दै
कुन दिन ऊ
चेनस्मोकर बन्छै बन्छ
टाउको झटकार्छ,
जीम जाने सुरसार कस्छ
मरिलानु के छ र !
बेस्सरी उर्जा खपत गर्छ
स्यामिना बढाउँछ
भरदिन -
घरतीको टाउकामा गीर खेल्छ
फटाहा बादल,
देखि सहँदैन
उसका बाइसेप्स, ट्राइसेप्स
सिक्स प्याक्सलाई
घरिघरि छेक्न आउँछ
कम्तीकी छैन,
बरखा मोरी पनि
ट्याम-कुट्याम बर्सेर
जाज्वल्यमान उसको
तेजोवध गर्छे –
दुश्मनहरुलाई सम्झेर
घाम ‘सिक’ हुन्छ
उसमा क्रमश:
हावी हुन्छ डिप्रेशन
शक्ति क्षीण हुँदा,
कमलपित्तको रोगीझैँ
थाल्छ पहेँलिन
धरती बिर्सन्छ,
धरतीको निश्छल प्रेम बिर्सन्छ
सुध्रने वाचा, कसम, किरीया
सबै भुल्छ
र, साँझ फेरि
निशाको भट्टीतिरै
ओह्रालो हानिन्छ ………….
२०६७/०१/२०
03
Mar
Posted by Aavaas In guest book
शमीका जरा र सोमदत्त, सुम्निमा

कल्पना
रुखमूनि उभिएर सुम्निमाले भनी, “सम्झना छ सोमदत्त ? यहीँ हाम्रो भेट भएको थियो धेरैदिन पहिले “
भन्न त उस्ले त्यती मात्र भनी । तर सोमदत्तलाई लाग्यो उस्का अाँखा रसाएका छन् । उस्ले विस्तारो भन्यो, “त्यो के बिर्सिने कुरा हो सुम्निमा ?”
यसअघि कहिल्यै छुने कोशिस नगरेको उस्ले सुम्निमाको हात समायो । भन्नलाई त मुखेन्जी त्यतीमात्र भन्न सक्यो, तर मनमनै अरुपनि धेरै कुरा भन्यो उस्ले । ” मैले अज्ञानी असँस्कृत ठानेको तिमी नै सही रहिछौ सुम्निमा । देउताको चलन गर्नुहुन्न रै’छ मानिस भएर । प्रकृतीले मिलाएको र्याङठ्याङलाई भत्काउन खोज्नु असल कुरा हैन रै’छ । मानिसभित्र त साँच्चै मनुवा पो बस्दोरहेछ । तपको बलले देवत्व प्राप्त गर्ने धुनमा के के गरिनँ मैले । शीतकालमा कैलाश मानसरोवरको जलमा डूबेँ । ग्रीष्ममा मरुभूमिमा पञ्चाग्नि बालेर अतिशय कठोर तपस्या गरेँ । सँसार चहारेँ । कतै म भयोत्पादक बौलाहा देखिएँ त कतै महात्मा मानेर पूजिएँ । त्यस्तो अवस्थामा पनि तिमीले पछ्याउन कहाँ छाड्यौ र ! यदाकदा म पीडाले कराउँथेँ ‘यो धुकधुकी नथामिउन्जेल सुम्निमाले मलाई नछाड्ने भई ।’
Read More
10
Feb
Posted by Aavaas In guest book
निम्छरो प्रेम
– कल्पना
उज्जर सुगन्धि सुकिलो
यो पहिलो भेट
साँझको दोछायाँ
एउटा कुइनेटोमा
ढल्दा
पर्खाइको क्रुर कालखण्ड
नाच्यो मन मयुर
आँसुको जातै बैमानी
झर्नु झर्यो वियोगमा
भेट्दा’नि जनायो जात
Read More
02
Dec
Posted by Aavaas In guest book
उ अहिले कहाँ होला ?
लोकल स्टेजमा बर्सेनी रामलीला, महाभारत र अन्य नौटंकीहरु हेरिन्थ्यो गाउँ बसुन्जेल । ट्रयाजिक सिनहरुमा बर्बर्ती अाँसु खस्थ्यो, भलै मर्दानी सीता र द्रौपदीहरु घुँडासम्म सारी सुर्केर गणेश बिंडी तान्दै घुर तापीरहेका भेटिन्थे स्टेज पछाडि, यसो-कसो । नौटंकीको जोकर जन्मैदेखिको मजाकिया हो की जस्तो भान हुन्थ्यो । नाच्ने नटुवाको प्रभाव त यतिसम्म पर्थ्यो कि, अाङ्नामा भासिनै लागेको सखुवाको चौकीमाथी भोलिपल्टै सोनु-कनियां, मितिनी र म मिलेर गएरातीको नौटंकीको पुनर्भ्यास थालीहाल्थ्यौं, “…..रुठे रुठे पिया मनाउँ कैसे …..।”
Read More
29
Sep
Posted by Aavaas In guest book
मेरो बडा……दशैं
ठूलीकान्छी गजक्क
खसम अम्रीकामा
सुनरपुरवाली मख्ख
आदमी अष्ट्रेलियामा
मेरो मन सँधैको अँध्यारो
ज्यान अधमरो
तिमी खाडीमा
तिन्का गैह्री खेत-पक्की मकान
एकपाखो छाना उडेको झुप्रो हाम्रो
कहाँ सक्थ्यौं र संगसंगै नारिन
दुखै गरे’नि, परदेशी भइ बाँचे नि
तिन्का मान्छेलाई,
ज्यान चिस्याउने-तताउने
मेसो त जुर्दो हो
टाउका माथि छानो र बलियो चौघेरा मिलेर,
तिन्को रच्छे गर्दा हुन्
तर तिमी,
आगो ओकल्ने आकाशमूनि,
जोतेर गधा
कसरी दिनको मेलो तुर्दा हौ Read More
08
Sep
Posted by Aavaas In guest book
काठमाण्डौको चिट्ठी
एयरपोर्ट छेउमा.. मेरो प्यारो मान्छे !
मोनामी शाही
पानी रोकिएन । छाता पनि थिएन । सवारीको चाप छिचोल्दै जेब्राक्रस पार गरेपछि एउटा चिया पसलमा थियो केही तन्नेरीको कोलाहल । म छेउमा पुगेँ । र, मगाएँ एक ग्लास कडा कफी ।
हरेकको छेउमा छ कुनै चाइनिज झोला । अधिकांश युवाको गलामा माला झुण्डिएका छन् । मानौं उनीहरू ठूलै खेलमा विजयी भएका हुन् । निधारमा टीका पनि छ । तेल घसेर चिल्ला-चाप्लाजस्ता देखिए पनि उनीहरूको अनुहारमा तेज छैन । फुस्रो, सियाँलमा ढुबेजस्तै र अभ्यन्तरको उदासी आँखामा टप्केको छ । अनुमान लगाएँ- यिनीहरू पक्कै गल्फतिर हानिन थालेका हुन् । ‘उता पुगेपछि हाम्रो एउटै कम्पनी परेछ ?’ मेरो अनुमानमा पूर्णविराम नलाग्दै छेबैमा बसेको एउटा अधबैँसेले सोध्यो । अर्कोले चियाको सुर्पि तान्दै भन्यो- ‘के थाहा ? दलेले त हामी सबैको एकै ठाउँमा हो भन्दै थियो।’ अलिक पछि थाहा भयो, ‘दले’ भनेको दलाललाई रहेछ । म मनमनै हाँसे । दले अर्थात् दलालको अर्थ बुझेपछि ।
Read More