• संम्बन्धित पृष्ठ/Links

  • विधा/Categories

  • मेटा/Meta

  • अभिलेखालय/Archives

  • SHOW / HIDE NAVIGATION

    जब तिनीहरू आए

    • मार्टिन निइम्युलर

    जब नाजिहरू कम्युनिष्ट सामु आए
    मैले मौनता रोजेँ
    म कुनै कम्युनिष्ट थिइनँ

    जब तिनीहरूले
    बन्दी बनाए, सोसल-डेमोक्रेट्स्-लाई
    मैले मौनता रोजेँ
    म कुनै सोसल-डेमोक्रेट्स् थिइनँ

    जब तिनीहरू ट्रेड-युनियन समर्थक सामु आए
    मैले ओठ खोल्दै खोलिन
    म कुनै ट्रेड-युनियन समर्थक थिइनँ

    जब तिनीहरू यहूदी सामु आए
    मैले मौनता नै रोजेँ
    म कुनै यहूदी थिइनँ

    जब तिनीहरू मेरै सामु आए
    बचाउने कोही पनि बाँकी थिएन ।
    अनुवाद: आभास

    चिहानको गीत

    यो सुनसान चिहानको गीत
    ऊ, जो मर्‍यो
    झुक्दै नझुकी मर्‍यो
    धर्तीको तारा झर्‍यो
    उसकै चिहानको गीत
    यो सुनसान चिहानको गीत
     
    फर्कि हेर चिहानमाथि
    फूलहरू फुलेका छन्
    सुनी हेर चिहान छेउमा
    गीतहरू गुञ्जेका छन्
     
    गुञ्जिरहेछन् गीत
    धर्तीका अमर प्रीत
    यो सुनसान चिहानको गीत ।
    ०४३, पुस ५
    काठमाण्डौ
    साभार: भूगोलमाथि उभिएको जैतुन (पृष्ठ, ३८; कविता सङ्ग्रह)

    स्त्री देह

    पाब्लो नेरुदा

    स्त्री देह, श्वेत पर्वत, सुकिला जाँघ
    तिमी दुरुस्त भूगोल जस्ती, समर्पणमा लम्पसार
    मेरो रुखो किसान देह घुस्रन्छ तिमीमा
    र धरतीको गहिराईबाटै मार्छ एक वंशवृक्षी छलाङ्

    एक्लो थिएँ म एउटा सुरुङ झैँ, चराहरू उड्थे मभित्र
    र रात डुबाउथ्यो मलाई उसको विजयोन्मुख आक्रमणले
    आफूलाई जोगाउन मैले, तिमीलाई अर्जापेँ हतियार झैँ
    मानौं तीर मेरो धनुषको, मट्याङ्ग्रो मेरो गुलेलीको

    तर प्रतिशोधको समय स्खलित हुन्छ जब, म तिमीलाई प्रेम गर्छु
    लेउयुक्त चिप्लो हरियो छालाको, खँदिलो बेचैन अंग दुहुन्छु म
    अहो ! ती गोलाकार बक्ष, अहो ! ती टोलायमान नयन
    अहो ! ती यौवनका गुलाब, अहो ! सुस्त र उदास आवाज

    देह ! मेरी प्रिया ! म तिम्रो सुन्दरतामा हुनेछु निरन्तर उपस्थित
    मेरो तिर्खा, मेरो अनन्त इच्छा, मेरो क्रमभंग राजमार्ग
    अँध्यारो नदी-किनार, जहाँ बहन्छ अनन्त तिर्खा
    र बहन्छ थकान, अनि अन्नत पीडा ।

    अनुवाद: आभास (हिन्दी र अँग्रेजी दुबैको अल्पज्ञानलाई मिसाएर)

    तिमीभित्र

    Manglesh_d

    कवि- मंगलेश डबराल


    एउटी स्त्रीले गर्दा
    तिमीलाई प्राप्त भयो एउटा कुनो
    तिम्रो पनि भयो प्रतिक्षा

    एउटी स्त्रीले गर्दा
    तिमीले देख्यौ आकाश
    र त्यसमा उड्दै गरेका चराको संसार

    एउटी स्त्रीले गर्दा
    तिमी पटक-पटक चकित बन्यौ
    खेर गएन तिम्रो देह

    एउटी स्त्रीले गर्दा
    तिम्रो यात्रा बनेन अन्धकारमय
    उज्यालो देखियो जताततै

    एउटी स्त्रीले गर्दा
    एउटी स्त्री बाँची रही तिमीभित्र ।

    हिन्दीबाट अनुवाद: आभास

    म माटो मुनिको बीउ

    भरखरै एउटा कोमल हातबाट रोपिएको छु

    खुला आकाश र उज्यालोसित बिछोडिएको छु

     

    सिर्जना गर्न अँध्यारो पनि पिउनु पर्दोरहेछ

    म अहिले

    धरतीभित्रै

    अँध्यारो पिएर बाँचेको छु

    यतिबेला

    आफ्नो भन्नु-

    आफैँभित्रको पीडा छ

     

    मलाई थाहा छ

    यही पीडाले

    मलाई उमार्न सक्छ

    यो पनि थाहा छ

    यही पीडाले

    मैलाई मार्न सक्छ !

    शहरमा रात

    कुकुरको एकनासे भुकाइ
    प्वाल पारिरहेछ; मथिङ्गल

    किथ्राको किरकिर
    झमझमाइरहेछ; रक्सीको नशा झैँ

    विजुलीको तारमा बसेर
    खुर्पे जून चपाइरहेछ; लाटोकोसेरो

    म अँध्यारोले
    लथपथ भिजेको छु
    मेरा सबै छिमेकी
    निथ्रुक्क छन् अँध्यारोले !

    रूखको घोषणा

    चिलाउनेको रूखले घोषणा गर्‍यो
    अब सबै रूख चिलाउने बन्नु पर्छ
    र फैलाउनु पर्छ आफ्नो अस्तित्व
    अर्थात्
    हामी सबै चिलाउने बन्नु पर्छ

    श्रीखण्डको रूखले इन्कार गर्‍यो
    र भन्यो-
    कृपया !
    म त आफू
    काटिएर पनि
    ताछिएर पनि
    चन्दन बन्नु पर्छ
    मान्छेको निधारमा दलिनु पर्छ
    शीतलता प्रदान गर्नु पर्छ मैले

    म चिलाउने बन्ने छैन
    म चिलाउने बन्ने छैन ।

    शरीर

    ff2

    तस्वीर: फ्रीफोटो डट कम

    सुमिरण भन्छे-
    तिम्रा औंला
    सुमसुम्याउदाको अनुभूति
    ‘च्याट्’ गर्दाको भन्दा
    बिलकुल भिन्दै

    विपुल भन्छ-
    तिम्रा आँखा
    निहार्दाको संवेग
    ‘ईमेल’ लेख्दाको भन्दा
    अद्भूत फरक
    Read More

    darma_j  सायद
      उसको नाम यस्तै थियो-
      धर्मजीत
      हो या पराजीत

      अहिले
      स्मृतिबाट हराउदै गएको

      तर
      उ थियो
      हाम्रै वरिपरी फुलेको फूलजस्तै
      होचो
      कलिलो
      र सुगन्धित

     

    उसका सपनासमेत थिए सुगन्धित
    भन्ने गर्थ्यो-
    ‘जीवन स्वप्निल छ
    म स्वप्निल खोलामा पौडदै
    जीवनलाई सार्थक बनाउन चाहन्छु’
    Read More

    कमिज डट कम

    पृथ्वीले
    सुधा दिई
    आफ्ना अङ्गहरू सुकाएर
    सिञ्चन गरी
    र कपास फुल्यो

    धागो काती
    सुन्दरीले
    र तान बुनी
    तयार भयो
    सेतो, फ्रेम रहीत क्यानभास
    Read More

    « Previous Entries

    नेपाली समय-Nepal Time

      प्रचार प्रसार

      Advert

      Advert

      Advert

      Advert

      Advert