04
Apr
Posted by Aavaas In memoirs

गायनमा मस्त कलाचन्द
छक्छक् छक्छक् । एकनासको आवाज । बम्हपुत्र-मेल हुँइकिँदै हुन्छ पूर्वोत्तर भारततिर । रेलको यस्तो एकनासे आवाजमा पुस्तक पढ्न खुब रमाइलो मान्छु । हातमा छ ‘गांधीजी और उनके शिष्य’ । सामुन्नेमा एउटी युवती छे । अलि काली । तर हिस्सी परेकी । उसित एउटा युवक पनि छ । त्यो काली उही युवकसित गफिँदै हुन्छे । उसैतिर आँखा तन्काउँदै भन्छे- ‘किताबको वास्ना आयो । तपाईँले चाल पाउनु भयो ?’ युवक भने किताबको वास्नामाभन्दा युवतीकै वास्नामा आकर्षित छ झैँ देखिन्छ । त्यो कालीको किताबी वास्ना चालपाउने घ्राणशक्ति । सुन्दै रमाइलो पो लाग्छ । सायद पढैया छ कि ?’ पुस्तकबाट आँखा हटाउँदै तिनीहरु भएतिर हेर्छु । युवक किताबको वास्नाको प्रसंगबाट कालीलाई विकर्षण गराउन चाहन्छ सायद । वास्नादार किताब जो छ त्यो त, म अपरिचत पुरुषको हातमा न छ ! ठिटीको प्रश्नको प्रतिकृया बेगर नै गाउँन थाल्छ युवक-
दर्दे दिल दर्दे जिगर दिलको जगाया आपने
काली पनि स्वरमा स्वर मिलाउँदै गाउन थाल्छे । मेरा आँखा पुस्तकमा र कान भने तिनका गतिविधीमा अल्झिएका हुन्छन् । देवेन्द्रसित यसभन्दा पहिले पनि रेल यात्रा गरेको हुँ । पढ्नमै व्यस्त देखिन्थ्यो उसबेला। यसपाली भने पढ्नमा अलि उदासीन छ । यत्तिकैमा एउटा वृद्ध भित्रन्छ डिब्बामा । मुहारभरि झप्प दाह्री भएको । उ हाम्रो गाउँमा आउने लाल बहादुर गन्धर्व जस्तै आकृतिको । फरक यति । लाल दाइको हातमा सारङ्गी हुन्थ्यो । वृद्धको हातमा सरोद छ । लालदाइ जदौ मालिक ! भन्थ्यो । यो वृद्ध चाहिँ भनिरहेछ- ‘छ कोही गुनी जन ? जसलाई संगीतमा रुची होस् । बाउल-गान या रवीन्द्र-गान । बंगाली-गान या अँग्रेजी-गान । छ कोही सुन्ने ? म सुनाउन तयार छु ।’
Read More
09
Mar
Posted by Aavaas In memoirs
घुम्नुमा जो मजा छ । त्यो अद्भूत छ । नौला दृश्यसित सम्बन्ध स्थापना गर्नु कुनै नौली प्रेमीका भेट्नु जत्तिकै रोमाञ्चक । चाहे वन्दीपुर पुगौं वा धनकुटा, लाहान पुगौं वा हेटौंडा । मन कम रोमाञ्चित हुन्न ।
वर्ष छ २०६३ को । सम्झँदै हुन्छु छ, आठ महिना अघिका कुरा- वितेको वैशाखमा लागेथ्यो, नेपालका सम्पूर्ण जनताले एकसाथ मिलेर एउटा सिम्फोनीको रचना गरे । मनहरू कम रोमाञ्चक भएका थिएनन् त्यसबखत । वैशाख सिम्फोनीको झंकार लामै अवधिसम्मै झन्की रहेकै हुन्छ । त्यही झंकार बोकेर यात्रामा निस्केको । पुसको महिना छ । छु लाहानमा । छ हुस्सु नै हुस्सु । तराईसमेत छ चिसै । खेतमा घुर धुवाँउदै छन् । सडकमा टायर । राष्ट्रिय अभिव्यक्तिहरू प्रसारित भइ नै रहेका हुन्छन्- नेपाल नौलो युगमा प्रवेश गर्छ रे ! त्यस दिनको प्रमुख खबरमा चाहिँ हुन्छ- ‘सद्दामलाई फाँसी ।’ इराक अब नयाँ युगमा प्रवेश भयो रे ! घोषणा गर्दिर्ने चाहिँ हुन्छन् अम्रिकी बुस । रोमाञ्चक यात्रामा रोडा बनेका हुन्छन् यस्तै के के कुरा । मन किन यस्तो नरमाइलो ? सद्दामसित प्रेम त थिएन । तर फाँसी ! शब्द नै अप्रिय । दिल खुस छैन । उसबखत खुस भएहुन् सायद उनै अम्रिकी बुस र उनका अनुयायी ।
Read More
08
Mar
Posted by Aavaas In memoirs
मार्खुमा माछा, माया र मात
आभास
तस्वीर: समूह

सहयात्रा
म साँझलाई मन पराउनेमा पर्छु । साँझ यसकारण मन पर्छ- यसले दिनभरका अनेकौं अनुभव बटुलेर ल्याउँछ र आत्मचिन्तन उत्पन्न गराइदिन्छ । आत्मचिन्तनमा डुब्नु, एउटा सुन्दर संगीत सिर्जना गर्नुजत्तिकै वा कुनै सुन्दर कविता कोर्नुजत्तिकै आनन्ददायी र सुफल कर्म हो पनि भन्ठान्छु । त्यसैले मेरा अधिकांश साँझ आत्मचिन्तनमै डुब्छन् । कहिले नितान्त एक्लै मौन रहेर र कहिले मौनतालाई भताभुङ्ग पार्नेगरिका क्रियाकलापमा संलग्न भएर ।

ऊ त्यहाँ बस्छे नायिका
अस्तिको शनिबार साँझ भने यस्तो भो; म एक्लै थिइनँ । थिएँ अरु चारभाइ- गोविन्द, गिरिश, देवेन्द्र, नारायणसित । पलेँटी कसेर । बन्द कोठामा होइन । मार्खुको बगरमा । केहीदिन अघिदेखि गिरिश र देवेन्द्रको अनुरोध र योजना थियो- ‘शहरबाट बाहिर जाउँ दृश्यको मजा लिउँ, गीत, संगीतको मजा लिउँ र खानपिनको स्वाद पनि चाखौं ।’ मैले स्वीकृति त दिएँ तर मबाट गीत सुन्ने उनीहरूको चाहना भने त्यो साँझ पुरा भएन । गीत सुनाउनका लागि साज र मूड दुबैको पक्षधर मैले हार्मोनियम बोक्ने जाँगर देखाइनँ भनूँ अथवा योजनाकारहरूको मनमौजी व्यवस्थापनले हिंड्नुभन्दा केही मिनेट अघिसम्म पनि हाम्रा सहयात्री कति र कोको भन्ने बेटुङ्गो भइदियो । फेरि यातायातको साधन कसरी समायोजन गर्ने भन्ने प्रकृया पनि रह्यो अनिश्चित । अघिल्लो साँझ गोविन्दले व्यवस्थान गर्ने मित्रहरूमाथि फोनमा प्रकट गरेको वाक्य-विस्फोट सुन्दा त यसपलीको यात्रा, आरम्भ नै नभइ टुंगियो ठानेथेँ । धन्न त्यसो भएन । निस्चित समयभन्दा थोरै विलम्ब नै सही, हाम्रो कुलेखानी यात्राले मूर्त रुप लियो ।
Read More
05
Mar
Posted by Aavaas In memoirs
जुरिख–विमानस्थल उत्रन एकघण्टामात्र बाँकी हुँदो हो । अष्ट्रेलियाबाट स्वीजरल्याण्ड बसाइँ सर्दै गरेको स्टीभले मतिर प्रश्न फ्याँक्यो– ‘आर यु बुद्धिष्ट ?’ दशौं घण्टादेखिसँगै तर परिचयसम्म नगरिएको स्टीभले किन पहिलो वाक्यमै यति गह्रौं प्रश्न गर्यो ? सोच्दै उत्तर दिएँ– ‘म बुद्धिष्ट पनि र अरु पनि, धर्मलाई सप्रदाय झैँ मान्ने र सीमा छुट्याउने अमानवीय छुवाछुत् मलाई मन पर्दैन, तिमी आफैँ सोच म कुन् धर्मी ?’ मेरो यो उत्तर उसलाई कस्तो लाग्यो थाहा छैन । भन्यो– ‘तिम्रो तनाव रहीत अनुहार देखेर मैले यो प्रश्न गरेको हुँ।’ सोधु झैँ लागेथ्यो– ‘के सबै बुद्धिष्टहरु तनाव मुक्त हुन्छन् र ?’ तर सोधिन । बरु धन्यवाद दिएँ र हातमा रहेको टैगोरको ‘सङ्गीत चिन्तन’मा घोत्लिएँ ।
विमान थोरै कोल्टे, तलको शहर झलमल। यही रहेछ जुरिख । सवेर हुनु पहिले कुहिरो नभएर झलमल थिएछ । स्टीभसित औपचारिकता पनि निभाइन । शायद उसलाई पनि मेरो दशौं घण्टाको मौनताले प्रभावित पार्यो होला । चुपचाप हिँड्यो । तरेली परेको रङ्गीन बादलमाथिबाट कोपनहेगनतर्फ उड्दै गर्दा स्टीभको अनुहार सम्झन खोजेँ तर सकिन । बरु उसको त्यो प्रश्न भने अझै गुञ्जिरहे झैँ लाग्थ्यो– ‘आर यु बुद्धिष्ट ?
Read More
23
Feb
Posted by Aavaas In memoirs
‘सुबेल भाइ !
साच्चै मान्छेले पहिलोपल्ट कसरी प्रेम गर्न सिक्यो होला ? जंगली अवस्थादेखि अहिलेसम्म आइपुग्दा यसले ‘मोर्डन्’ ‘पोस्ट मोर्डन्’ या ‘अल्ट्रा मोर्डन्’ कुन रुप धारण गरिरहेको होला ? त्यसमा खोज गर्दा पो चासोपूर्ण होला नि ! हैन र ? प्रेमगीतका बारेमा मेरो (जसले आजसम्म पनि प्रेमको गहिराइलाई नै मात्र पछ्याउने प्रयास बाहेक मोती टिपेकै छैन ।) टिप्पणीले के नै महत्व राख्ला र ?’
त्यतिखेर ठट्टौलो मूडमा रहेको मैले सुबेललाई अलि ठाडो ईमेल लेखेछु कि कसो ? उसले त्यसको जवाफ पनि फर्काएन । खासमा उसले पुरानो पुस्ताले सिर्जना गरेका दशवटा उत्कृष्ठ प्रेमगीत र ती गीतलाई मन पराउनुका मेरा व्यक्तिगत धारणा मात्र बुझ्न खोजेको हो । म परे मूडी । त्यतिबेला सोचेँ- लाग्छ, प्रेम आफैँ नै धारणा, अवधारणा, नियम, नियन्त्रणमा नबाँधिने उन्मुक्त चरा झैँ हो । भनौं न ! एक एकखाले अराजक-जटिलतासित कावा खाँदै उड्ने चरा जस्तै त हो प्रेम । (मैले अराजकपछाडि जटिलतालाई जोडेँ नि ! यसमा मेरो मस्तिष्कको तन्तु मिश्रित कुनै गहन चिन्तन संलग्न छैन है । बरू छ मेरो मन संलग्न निजी अनुभूतिकै वैयत्तिक र सामान्य अनुभव ।) हुनलाई प्रेम भन्ने कुरा जटिल र असजिलो मानव गुण नै त हो । अझ, म त ठान्छु- मानव गुणमात्र नभइ प्राणी गुण नै हो । जति नै असजिलो र अराजक भए पनि यस्तो जगत-प्रिय तर नाजूक विषय अथवा प्रेमका बारेमा सार्वजनिक रुपमा निजी धारणा बनाउन म असमर्थ नै छु । उसले त भनेको थियो- ‘प्रेमगीतमाथि केही अभिव्यक्ति पाऊँ न, दाइ !’ भन्ने मन थियो- ए सुबेल- ‘गीत, संगीत, कला, साहित्य त रसास्वादननिम्ति हुन् नि भाइ ! तिनमाथि धारणा बनाएर म मेरो आत्मरञ्जनको घेरालाई किन साँघुरो बनाऊँ हँ ?’ तर मैले मुख फोरिन । बरु तत्काललाई एउटा बाङ्गो ढपको ईमेल पठाएर उम्किएँ । यसलाई उम्किएँ नै त कसरी भनौँ र खै ? यी अहिले केही लेखुँ भनेर त अल्झेकै छु नि । प्रेम पनि यस्तै त हुन्छ । भाग्न खोज्यो; भागेँ भन्यो या भागेको ठान्यो, तर बारम्बार जहाँकोत्यहीँ परिक्रमा गरिरह्यो र मोहमै अल्झिरह्यो ।
Read More
31
Oct
Posted by Aavaas In memoirs
’तँ जन्मिसकिस् । त्यसैले कर्म गर्दै जा ! संसारमा तेरानिम्ति पनि ठाउँ छ ।’ किशोर अवस्थाबाट उम्कँदै गर्दा हजुरबाले ममाथि गरेको टिप्पणी ! जब अभरमा पर्छु । सम्झी बस्छु । के शक्ति थियो बूढाको अभिव्यक्तिमा ? थाहा छैन । ऊर्जा मिल्छ । र त हतास भइगए पनि, सम्हालिन्छु । तिनै अभिव्यक्तिका प्रतिध्वनिले । जो कैयौंपल्ट मेरा कानमा गुञ्जँदै आएका छन्- ‘तँ जन्मिसकिस् । त्यसैले कर्म गर्दै जा ! संसारमा तेरानिम्ति पनि ठाउँ छ ।’
केही हप्ता अघि पुगेथेँ जिरीमा । ढुंङ्गेश्वरी स्कुल छेउबाट उकालो चढ्न मन लाग्यो । गोरेटो हुँदै । एक्लै । के छ त्यो माथि अलिक उचाइमा ? त्यो हेरूँ । उचाइबाट कस्तो देखिन्छ जिरी ? त्यो पनि हेरूँ । उक्लँदै हुन्छु मास्तिर । बिहानी कलिलो किरणले तुषारो पगाल्दै हुन्छ । पातमा शीत झरेको सुन्छु । तप्प । तप्प । चराचुरुङ्गी छन् आफ्नै सुरमा । चिरबिर । चिरबिर । म आफ्नै सुरमा । गुनगुन । गुनगुन ।
उकाली चढ्दा पसिना पुछ्ने
तिमी नभए अरु को होला ? (गीत अम्बर गुरुङको)
को हुनु ? कोही छैन । छ उही चराको चिरबिर । चिरबिर । र आफू एक्लैको गुनगुन । गुनगुन । यतिबेलै नाकमा ठोकिन्छ परिचित जंगली सुगन्ध । धेरै पहिले सुँघेकोजस्तै । चेतनासित सुगन्धको के नाता छ कुन्नी ? सुरु हुन्छ ‘फ्ल्यासब्याक’ । धसिङ्गरको बुटो । त्यसको फलको स्वाद र गन्धसित डोरिँदै आएको- ऊ…त्यो प…रको अतीत ।

एघार बाह्रको उमेरमा हुँदो हुँ । यसरी नै उकालो चढ्नु पर्ने । खासगरी शनिबार । डिहीतर्फ । जहाँ हजुरबाको उत्तरार्ध बित्दैथियो । हजुरआमा बिनाको । नित्तान्त एक्लो । उनी थिए गोठाला । जुनी बिताउँदै गरेका स्याउला, घाँस गर्दै गाईका बथानमा । म तिनकै कान्छो नाति । पितामहलाई सघाउनु मेरो साप्ताहिक तालिका । पहाडे बारी । बग्रेल्ती बाँदर । एक दुई कुकुर । र मकैबारीको हिफाजत । दिनभरि बारीको डिल कुर्यो । कहिले भुईंकुहिरोसितको एकोहोरो वार्तालाप । कहिले पुस्तकका अक्षरसितको भलाकुसारी । कल्पनाशील किशोर उमेर जो थियो । कुहिरोमा लुक्दै लुक्दै कुनै स्वप्नसुन्दरी सामुमा उभिएको कल्पनामा डुब्यो । (दिमागमा भरिएको हुँदो हो सायद हिन्दी सिनेमाको ‘फ्याण्टासी’ । त्यसकै प्रभाव त होला ?) यता यथार्थमा भने बारीभरि बाँदर-हुलको चर्तिकला । अनि एक्कासी चर्कंदो कोलाहल । लहै, लहै । काले । खैरे । कुकुरको भयानक भुकाई । दुगुरादुगुर । हस्याङ् र फस्याङ् । स्याँस्याँ र फ्याँफ्याँ । …
Read More
20
Jul
Posted by Aavaas In memoirs
हामीले लेखेर आएका छौं
हिउँमा आ-आफ्ना नामहरू
एकछिनपछि हिउँ थपियो भने
रहने छैनन् हाम्रा नामहरू
एकछिनपछि घाम लाग्यो भने पनि
बाँकी रहने छैनन् हाम्रा नामहरू
हामी रहँदा रहँदै नरहँने हाम्रा नामहरू
हामी नरहँदा कसरी रहलान हाम्रा नामहरू ?
(कवि- तीर्थ)
पहिलोपल्ट जब मैले यी हरफहरू पढेथेँ- डिहीको मकैबारी छोप्दै उड्ने कुहिरोको झुण्डलाई सम्झेथेँ । त्यसबेलाको त्यो कुहिरोको झुण्डले मेरा शरीरका सारा अंगलाई स्पर्श गर्दै उभो लागेथ्यो । कुहिरो उदो झर्न जान्दैन र त होला उ सधैँ उभो नै चढ्छ । हामी मान्छेले पो आरोह, अवरोह दुबै अपनाउनु पर्छ । जस्तो हामी अहिले आरोहमा छौं । ‘लामा-गाउँ’तर्फ । थाहा छैन कुनबेला अवरोह झरिन्छ फेरि ।
Read More
17
May
Posted by Aavaas In memoirs
गाउँ सिरानको छ्योर्तेन छेउ पुगेपछि अमृतको आवाज निस्कन्छ- ‘लौ यही हो भुजुङ ।’ हाम्रो यात्राको मुख्य गन्तव्य । लमजुङको कुनामा अवस्थित अन्तिम उत्तरी गाउँ । जहाँ मृत आत्माहरूलाई सुकन्याहरूको आङमा निम्त्याइन्छ र नचाइन्छ । अद्भुत छ हाम्रो संस्कार । हामी राजधानीदेखि डोरिएर आएका त्यही अद्भुत अनुभूतिकानिम्ति । उकालो देख्नासाथ अत्तालिने दानु, ओह्रालो भेट्नासाथ गुड्न आतुर हुन्छ । ‘ए दान्दाइ, एकछिन् पख्नु न !!, गाउँ प्रवेशको दृश्य टिपुँ ।’ अमृतको क्यामेराले छ्योर्तेन सहित ध्रुव, हरि, दीपेन्द्र, दानु सबलाई आफ्नो कब्जामा लिन्छ । ‘तपाईं नि हिंड्नुस् न ! के होऽऽ?’ म भन्दिन्छु- ‘अहँ जान्न, क्यामेरा मेरोलागि आतङ्क हो।’ म क्यामेराको समानान्तर उभिन्छु र गर्धन ट्रिपड झैँ घुमाउँछु । अन्दाजै गर्न नसकिने ठाउँमा झुरुप्प छ, करिब चारसय धुरीको एउटै गाविस । अलिक तल भताभुङ्ग ‘एक्याप’ कार्यालय निहार्दै, गाउँभरिका बा, तीर्थ बाको आँगनमा प्रवेश गर्छौं । ‘बा ! सबन् मुआ क्योँ ?’ ‘सबन् मु बाबु ! लौ तिमेरु बल्ल आइपुग्यो, हिजै आउने खबर थ्यो त ?’ ‘अँ बा ! हामी घले गाउँका पाहुना भयौँ हिजो ।’
Read More